अक्सफाेर्ड भ्याक्सिन ग्रुपका निर्देशक एन्ड्रियू भन्छन्- नेपालीले खोप नपाउँदा निरीह महसूस गर्दै छु!
अस्ट्राजेनेकासँगको खोप अनुसन्धानमा सहभागी अक्सफाेर्डका वैज्ञानिकहरू उच्च जोखिममा रहेका नेपालीमाझ शीघ्र खोप पुग्नुपर्छ भन्ने चाहन्छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार, कोभिड–१९ संक्रमण महामारीले विश्वभर ३५ लाख मानिसको ज्यान लिइसकेको छ। इन्स्टिच्यूट फर हेल्थ मेट्रिक्स एन्ड इभालुएसन (आईएचएमई) ले यो संख्या अझै बढी, ७५ लाख रहेको र २०२१ सेप्टेम्बरसम्ममा कोभिड–१९ का कारण विश्वमा ९० लाख मानिसको ज्यान जाने प्रक्षेपण गरेको छ।
कोभिड–१९ संक्रमणका विभिन्न लहरले विश्वका सर्वाधिक धनी मुलुकको जनस्वास्थ्य प्रणालीलाई समेत कडा चुनौती दिएको छ। तर, सीमित स्वास्थ्य पूर्वाधार भएका देशमा यसले आपत्कालीन स्थिति सिर्जना गरिदिएको छ। विशेषगरी पाको पुस्ता र विभिन्न स्वास्थ्य समस्या भएका व्यक्तिहरू कोभिडबाट बढी प्रभावित छन्।
स्वास्थ्य सेवामा परेको असरले जुनसुकै स्वास्थ्य समस्या भएका र जुनसुकै उमेरका व्यक्तिलाई परोक्ष रूपमा प्रभाव पारिरहेको छ। कमजोर देश र त्यहाँका जनताको आर्थिक स्थितिमा महामारीले थप जटिलता थपेको छ।
नेपालीहरूले पनि यो महामारीलाई नजिकबाट अनुभव गरिरहेका छन्। उनीहरूले भोगिरहेको पीडा म महसूस गर्न सक्छु, किनभने संक्रामक रोग र बालबालिकाका लागि खोप सम्बन्धी विषयको अनुसन्धानका लागि मैले पाटन अस्पताल, ललितपुरका चिकित्सक र अनुसन्धानकर्ताको दक्ष टोलीसँग १६ वर्ष बिताएको छु।
पछिल्लो महीना दक्षिण एसियामा देखिएको संक्रमणको लहर अहिले ठूलो चासोको विषय बनेको छ। नेपालीहरूले पनि महामारीलाई नजिकबाट अनुभव गरिरहेका छन्। उनीहरूले भोगिरहेको पीडा म महसूस गर्न सक्छु, किनभने संक्रामक रोग र बालबालिकाका लागि खोप सम्बन्धी विषयको अनुसन्धानका लागि मैले पाटन अस्पताल, ललितपुरका चिकित्सक र अनुसन्धानकर्ताको दक्ष टोलीसँग १६ वर्ष बिताएको छु।
आज मलाई नेपालबाट निकै टाढा भएको महसूस हुन्छ। काठमाडौंबाट ४५ सय माइल्स (करिब ७,२४२ किमी) भन्दा पनि धेरै पर छु। सञ्चारमाध्यमले मेरो बैठक कोठासम्मै ल्याइदिने नेपालका राजनीतिक बहस, लकडाउन, मानिसहरुका दुःखद भोगाइ, अक्सिजन अभाव र अस्पतालका कर्मचारीको साहसिक कार्य सम्बन्धी समाचार हेर्दा आफू टाढा भएकोमा मलाई निरीह महसूस हुन्छ।
सन् २०२० को शुरुआतमा मैले अक्सफाेर्ड–अस्ट्राजेनेका/कोभिशिल्ड खोपको विकासका लागि अक्सफाेर्डका अन्य वैज्ञानिकसँग काम थालेको थिएँ। २३ अप्रिल २०२० बाट खोपको क्लिनिकल परीक्षणको नेतृत्व गर्नु र एक वर्षको अवधिमा बेलायत, ब्राजिल र दक्षिण अफ्रिकाका २४ हजार स्वयंसेवकलाई समेट्नुपर्ने भूमिकामा म थिएँ।
परीक्षणमा आधा स्वयंसेवकलाई अक्सफोर्ड खोप र आधालाई कोरोनाभाइरसविरुद्ध सुरक्षा दिन भनी नबनाइएको ‘नियन्त्रित’ खोप लगाइदिएका थियौं। त्यसपछि हामीले संक्रमण देखिएका व्यक्तिहरूको दुई समूह बनाई दुईबीच तुलना गर्दा खोप लगाएका व्यक्तिमा ७० प्रतिशत कम जटिलता देखिएको पत्ता लगायौं। खोपले अस्पताल भर्ना हुनुपर्ने वा मृत्यु नै हुने अवस्थाबाट जोगाएको थियो।
अक्सफाेर्ड विश्वविद्यालयमा रहेका हाम्रो उद्देश्य समान रूपमा वितरण गर्न सकिने खोपको विकास गर्नु थियो। हामीले अस्ट्राजेनेकासँगको सहकार्यमा त्यो उद्देश्य पूरा गर्ने आशा राखेका थियौं। अस्ट्राजेनेका हामीलाई साथ दिन अगाडि आयो र यसले विश्वभरका २० वटा खोप उत्पादन कम्पनी (कोभिशिल्ड बनाउने भारतको सेरम इन्स्टिच्यूटसहित) लाई सहयोग गरिरहेको छ।
अमेरिकामा गरिएको परीक्षणले पनि उक्त सुखद परिणामको तत्कालै पुनः पुष्टि गरिदिएको थियो। हाम्रो खोप अत्यन्तै प्रभावकारी छ। परीक्षणमा के पनि देखिएको छ भने खोपले एक व्यक्तिबाट अर्कोमा संक्रमण सर्ने जोखिम घटाउँछ। संक्रमण भइहाल्यो भने पनि यसले संक्रमित व्यक्तिको घाँटीमा भाइरसको गुणात्मक वृद्धि हुनबाट रोक्छ।
४ जनवरी २०२१ (२० पुस २०७७) बाट बेलायतमा अक्सफाेर्ड खोप वितरण शुरु गरिएको थियो र राष्ट्रव्यापी वितरणले ‘वास्तविक दुनियाँ’ मा खोप कति प्रभावशाली छ भन्ने प्रष्ट पारिसकेको छ। यसबारे पब्लिक हेल्थ इंग्ल्यान्डले गरेको विश्लेषण अनुसार खोप लगाएका कारण बेलायतमा केही महीनाभित्रमै कोभिडका कारण हुनसक्ने १२ हजार मृत्यु र ३३ हजारको अस्पताल भर्नालाई खोपले रोकिदिएको थियो।
अक्सफाेर्ड विश्वविद्यालयमा रहेका हाम्रो उद्देश्य समान रूपमा वितरण गर्न सकिने खोपको विकास गर्नु थियो। हामीले अस्ट्राजेनेकासँगको सहकार्यमा त्यो उद्देश्य पूरा गर्ने आशा राखेका थियौं। अस्ट्राजेनेका हामीलाई साथ दिन अगाडि आयो र यसले विश्वभरका २० वटा खोप उत्पादन कम्पनी (कोभिशिल्ड बनाउने भारतको सेरम इन्स्टिच्यूटसहित) लाई सहयोग गरिरहेको छ।
यी कम्पनीहरू उत्पादन बढाउन निकै द्रुत गतिमा काम गरिरहेका छन् र उनीहरूकै प्रयासमा यो वर्ष ४५० मिलियन (४५ करोड) भन्दा बढी मात्रामा खोप उत्पादन हुनुका साथै १६० भन्दा बढी मुलुकमा यो खोप वितरण सम्भव भयो। यति छोटो अवधिमा हासिल गरिएको यस्तो उल्लेखनीय प्रगतिका कारण सयौं हजार ज्यान जोगाउन सकियो। तर, खोप बनाउने काम जटिल छ, यसमा धेरै समय लाग्छ। अझै पनि विश्वलाई पर्याप्त खोप बनाउन सकिएको छैन।
सेरम इन्स्टिच्यूट अफ इन्डियामा बनेको अक्सफाेर्डकै संस्करण, कोभिशिल्ड खोप नेपालका लागि पनि बनाइएको थियो। तर, भारतकै अवस्था भयावह बनेपछि नेपालका लागि निर्धारित खोप निर्यात अड्किएको छ। यसो हुँदा सीमित मात्रामा मात्रै खोप पाएका अन्य थुप्रै देशहरू पनि अब के गर्ने भनेर अन्योलमा परेका छन्।
अक्सफाेर्ड–अस्ट्राजेनेका/कोभिशिल्ड खोपबारे हामीलाई के थाहा छ भने यसको पहिलो डोजले कम्तीमा तीन महीनासम्म राम्रो सुरक्षा प्रदान गर्छ। शरीरको प्रतिरक्षा प्रणालीलाई पहिलो डोजबारे सम्झना हुने भएकाले दोस्रो डोज लगाउँदा त्यसले थप सुरक्षा दिन्छ (दोस्रो डोजलाई बुस्टर डोज भनिएको छ)। खोप अभाव भएका ठाउँहरूमा ढिलो गरी दोस्रो मात्रा लगाउँदा पनि त्यसको बुस्टर रेस्पोन्समा खासै अवरोध पुग्दैन।
ज्येष्ठ नागरिक र स्वास्थ्य समस्या भएर कोभिड–१९ को अत्यधिक जोखिममा रहेका व्यक्ति र स्वास्थकर्मीलाई पहिलो प्राथमिकतामा राखेर यथाशीघ्र खोप कार्यक्रम पुन: शुरु गर्नाले ठूलो परिवर्तन ल्याउनेछ।
विश्व स्वास्थ्य संगठनले नीति निर्माणका लागि सहज होस् भनेर उनीहरूद्वारा समीक्षा गरिएका प्रत्येक खोपबारे निर्देशन जारी गरेको छ। र, अक्सफाेर्ड–अस्ट्राजेनेका/कोभिशिल्ड खोपबारे हामीलाई के थाहा छ भने यसको पहिलो डोजले कम्तीमा तीन महीनासम्म राम्रो सुरक्षा प्रदान गर्छ।
शरीरको प्रतिरक्षा प्रणालीलाई पहिलो डोजबारे सम्झना हुने भएकाले दोस्रो डोज लगाउँदा त्यसले थप सुरक्षा दिन्छ (दोस्रो डोजलाई बुस्टर डोज भनिएको छ)। खोप अभाव भएका ठाउँहरूमा ढिलो गरी दोस्रो मात्रा लगाउँदा पनि त्यसको बुस्टर रेस्पोन्समा खासै अवरोध पुग्दैन। दोस्रो डोज लगाउनुको मुख्य कारण भनेकै प्रतिरक्षा क्षमता बढाउनु हो। यसले भाइरसका अनेक भेरिएन्टविरुद्ध पनि सुरक्षा दिनसक्छ र सुरक्षा अवधि बढाइदिन्छ।
हालसम्म हामीलाई मिश्रित खोपको प्रतिक्रियाबारे पूर्ण जानकारी छैन। पहिलो मात्रामा एउटा र दोस्रो मात्रामा अर्कै खोप लगाउँदा के हुन्छ भन्नेबारे यहाँ अक्सफाेर्डमा मेरा सहकर्मीहरू अनुसन्धान गरिरहेका छन्। शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय बनाउन हाल उपलब्ध सबै खोपमा कोरोनाभाइरसको स्पाइक प्रोटिन प्रयोग भएको हुनाले दोस्रो डोजमा फरक खोप लगाउँदा पक्कै पनि नौलो प्रतिक्रिया देखिन्छ भन्ने अनुमान लगाउन सकिन्छ।
कतिपय देशले आफ्ना धेरै नागरिकलाई खोप लगाइसकेका छन् भने कति ठाउँमा महामारीले अझै विध्वंस मच्चाइरहेको छ। आखिर किन यो अवस्था आउन दिइयो भनेर थुप्रै नेपालीले मलाई प्रश्न पठाउने गरेका छन् र यसबारे म के गरिरहेको छु भनेर पनि सोधिरहेका छन्। तपाईंहरू झैं, म पनि निरीह महसूस गर्छु।
कुन–कुन खोपमा कस्तो मिश्रण उत्तम हुन्छ भन्नेबारे बुझ्न हामीलाई थप विवरणहरूको आवश्यकता पर्छ। त्यतिन्जेल, अत्यधिक जोखिममा रहेका व्यक्तिलाई पहिलो मात्राको खोप दिनुपर्ने कुरालाई हामीले सबैभन्दा प्राथमिकतामा राख्नुपर्छ।
उच्च आय भएका देशमा जारी ठूलो मात्राको खोप वितरण अभियान, त्यसले जोगाएका ज्यान, देशको आर्थिक पुनः उत्थानका सफलताका कथाले हामीलाई भविष्यप्रति आशावादी बनाउँछन्। तर, मिहीन ढंगले हेरियो भने यसले खोप वितरणमा व्याप्त विश्वव्यापी असमानतालाई उजागर गर्छ।
कतिपय देशले आफ्ना धेरै नागरिकलाई खोप लगाइसकेका छन् भने कति ठाउँमा महामारीले अझै विध्वंस मच्चाइरहेको छ। आखिर किन यो अवस्था आउन दिइयो भनेर थुप्रै नेपालीले मलाई प्रश्न पठाउने गरेका छन् र यसबारे म के गरिरहेको छु भनेर पनि सोधिरहेका छन्। तपाईंहरू झैं, म पनि निरीह महसूस गर्छु।
खोप आपूर्ति अवरुद्ध भएकाले आगामी केही महीना मानिसको ज्यान बचाउन, उच्च जोखिममा रहेका व्यक्ति जहाँ–जहाँ छन्, त्यहीँ पुगेर खोपको पुनः वितरण थाल्नुपर्छ। यो तब मात्रै सम्भव हुन्छ, जब सबैतिरका सरकारले मानिसहरूको ज्यान जोगाउने विश्वव्यापी लक्ष्य आत्मसात् गरेर आफ्नो आपूर्ति सहज गर्छन्। यो विषयलाई उनीहरूले आन्तरिक मात्र नभएर अन्तर्राष्ट्रिय दृष्टिकोणले हेर्नुपर्छ।
पर्वतारोहीका रूपमा ३० वर्षअघि म पहिलो पल्ट नेपाल गएको हुनाले यो वर्ष मेरो नेपाल भ्रमणको ३०औं वार्षिकोत्सव हो। यति लामो नाता भएकाले काठमाडौंमा पहिलो मात्राको अक्सफाेर्ड खोप वितरण गरिएको तस्वीर देख्दा मलाई निकै गर्व महसूस भएको थियो। र, त्यसले नेपालीहरूमाझ आशा सञ्चार गरेको पाउँदा खुशी लागेको थियो। तर, अहिले खोप आपूर्ति अवरुद्ध भएको छ भन्ने सुन्दा म निकै दुःखी भएको छु।
यस महामारीले साझा दुःखद्वारा हामीलाई आपसमा नजिक ल्याए पनि स्वास्थ्य साझेदारीमा हामी कति टाढा छौं भन्ने कुरा देखाएको छ।
(प्राध्यापक एन्ड्रियू जे पोलार्ड बेलायतको अक्सफाेर्ड विश्वविद्यालय अन्तर्गतको 'अक्सफाेर्ड भ्याक्सिन ग्रुप'का निर्देशक हुन्।)