सांसद विकास कोष खारेज
सरकारले सांसद विकास कोष अर्थात स्थानीय पूर्वाधार साझेदारी तथा विकास कार्यक्रम खारेज गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै सांसद विकास कोष भनेर चिनिने यो कार्यक्रमका लागि रकम नछुट्याएको बताएका हुन् ।
लामो समयदेखि यो कार्यक्रम विवादमा थियो। अहिले प्रतिनिधि सभा विघटन भएका कारण यसै पनि यो कार्यक्रमको कार्यान्वयनको औचित्य थिएन।