काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गरिने
सरकारले काठमाडौं उपत्यका यातायात विकास प्राधिकरण गठन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उपत्यकाको यातायातलाई व्यवस्थित गर्न प्राधिकरण गठन गरिने जानकारी गराएका हुन्।
त्यस्तै काठमाडौं उपत्यकाभित्र साझा यातायातको माध्यमबाट १०० बिजुली बस चलाउने उनले जानकारी दिए।
चक्रपथअन्तर्गत सातदोबाटो र एकान्तकुनामा आकाशे पुल निर्माण गरिने भएको छ ।
चक्रपथ विस्तारको लागि सरकारकाले २ अर्ब ६४ करोड विनियोजन गरेको मन्त्री पौडेलले बताए।
त्यस्तै सरकारले काठमाडौंको तीनकुने–जडिबुटी सुरुङ मार्ग बनाउन १ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ।