रेलमार्गका लागि रु.१० अर्ब ३ करोड बजेट विनियोजन
आगामी आर्थिक वर्षको बजेटले देशमा रेलमार्ग सम्बन्धी अध्ययन र विस्तारका लागि रु.१० अर्ब ३ करोड रकम विनियोजन गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रस्तुत गर्दै काठमाडौं–केरुङ र रक्सौल–काठमाडौं रेलमार्गको आगामी आर्थिक वर्षभित्र विस्तृत अध्ययन सक्ने बताए।
बजेटले टोखा–छहरेसहित बिभिन्न स्थानमा सुरुङमार्ग निर्माण शुरू गर्न पनि बजेट विनियोजन गरेको छ। काठमाडौंको नागढुंगा–सिस्ने सुरुङमार्ग दुई वर्षमा निर्माण सकिने र यसका लागि रु. ९ अर्ब ८५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले बताए।