१० वर्षभित्र साना पेट्रोलियम गाडी प्रतिस्थापन गरिने
सरकारले २०८८ भित्र साना पेट्रोलियम गाडी प्रतिस्थापन गरिसक्ने योजना ल्याएको छ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैै अर्थमन्त्री विष्णप्रसाद पौडेलले पेट्रोलियम गाडीलाई बिजुलीमा रुपान्तरण गर्ने योजना घोषणा गरेका हुन्।
पेट्रोलियम गाडीलाई बिजुली गाडीमा रुपान्तरण गर्दा ५ वर्ष नविकरण र सडक दस्तुर छुट दिने पनि उनले बताए।