तीन वर्षभित्र रसायनिक मल कारखाना स्थापना गरिने
सरकारले तीन वर्षभित्र देशभित्रै रसायनिक मल कारखाना स्थापना गर्ने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मल कारखानाको प्रारम्भिक काम गर्न बजेट विनियोजन गरेको बताएका छन्।
बजेटले आगामी आर्थिक वर्षका लागि रसायनिक मलमा अनुदान दिन रु. १२ अर्ब छुट्याएको छ। चालु आर्थिक वर्षमा यस्तो अनुदानका लागि रु.११ अर्ब छुट्याइएको थियो।