सरकारी कर्मचारीलाई भत्तासहित १० दिन भ्रमण बिदा
सरकारले सरकारी कर्मचारीलाई वर्षमा १० दिन भ्रमण बिदा दिने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भ्रमण भत्तासहित १० दिन बिदा दिने घोषणा गरेका हुन्।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्न यो नीति ल्याइएको पौडेलले जानकारी गराए। त्यसैगरी सरकारले होटललाई उत्पादनमुलक क्षेत्रमा समेट्ने पनि घोषणा गरेको छ।