खोप किन्न छुट्याइयो रु.२६ अर्ब ७५ करोड
आगामी आर्थिक वर्षको बजेटले कोभिड–१९ विरुद्धको खोप खरिदका लागि रु. २६ अर्ब ७५ करोड विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पौडेलले सबै नेपालीका लागि खोप सुनिश्चित बनाउन रकम छुट्याएको बताए। बजेटले सबै अस्पतालमा कोभिड–१९ को निशुल्क परीक्षणका लागि बजेट छुट्याएको पौडेलले बताए।
त्यसैगरी, अक्सिजन तथा औषधि खरिदमा भन्सार र मूल्य अभिवृद्धि कर छूटको घोषणा गरिएको छ। बजेटले १०० शय्याभन्दा बढी क्षमताका अस्पतालमा अक्सिजन प्लान्ट राख्नुपर्ने व्यवस्था गरेको छ।