अक्सिजन उत्पादकलाई बिजुलीमा ५० प्रतिशत छुट
सरकारले कोभिड अवधिभर अक्सिजन उत्पादकलाई बिजुलीमा ५० प्रतिशत छुट दिने भएको छ।
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले छुटको घोषणा गरेका हुन्।
त्यस्तै कोभिड–१९ उपचारमा प्रयोग हुने सम्पूर्ण औषधिमा भन्सार महसूल छुट दिइएको छ। आईसीयू, एचडीयू, भेन्टिलेटर खरीदको लागि ४ अर्ब विनियोजन गरिएको मन्त्री पौडेलले जानकारी गराए।
सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि चाहिँ ३७ अर्ब ५३ करोड विनियोजन गरेको छ।