नेपाली फुटबल टोली आज राति इराकसँग भिड्दै
आज राति नेपाल र इराकबीच मैत्रीपूर्ण फुटबल खेल हुँदै छ। नेपाली समयअनुसार राति १०ः१५ बजे नेपाल र इराक भिड्नेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार इराकको बास्रा शहरस्थित अल फायहा रंगशालामा मैत्रीपूर्ण खेल हुनेछ। एशियाको बलियो टोलीसँग नेपाली राष्ट्रिय टोली खेल्न लागेको हो।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को बरियातामा नेपालमा इराकभन्दा धेरै पछाडि छ। फिफा बरियातामा इराक ६८औं स्थानमा छ भने नेपाल १७१औं स्थानमा छ।
यो प्रतियोगिताका लागि नेपाली टोली केही दिनअघि इराक पुगेको थियो। त्यसका लागि नेपाली टोली इराकमै अभ्यास पनि गरेको छ।
इराकी सञ्चारमाध्यमसँग कुराकानी गर्दै नेपाली टोलीका कप्तान किरण चेम्जोङले यसलाई अवसरका रुपमा लिएको बताएका छन्। उनले भनेका छन्, “यो हाम्रा लागि ठूलो अवसर हो।”
मन्त्रीपूर्ण खेलका लागि नेपाली टोली तयार रहेको उनले बताएका छन्। यो खेलले नेपाललाई विश्वकप छनोट प्रतियोगिताका लागि सहयोग पुग्ने उनको विश्वास छ।
यो खेलपछि नेपाली टोली कुवेत जानेछ। जहाँ विश्वकप छनोट अन्तर्गत तीन वटा खेल खेल्नेछ।
नेपाल र इराकबीचको खेल आज राति १०ः१५ बजे यहाँ र्हेन सकिनेछ।