देशभर झरी
न्यून चापीय प्रभावका कारण दुई दिनदेखि देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ।
पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र चक्रवात उत्तरपश्चिम सर्ने क्रममा भएकोले देशभर भारी वर्षा भएको हो।
आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
झरीमा काठमाडौं उपत्यकामा खिचिएका केही तस्वीरः