२३.४ प्रतिशत नागरिक बीमाको पहुँचमा
अर्थ मन्त्रालयले २३.४ प्रतिशत नागरिक बीमाको पहुँचमा पुगेको जनाएको छ।
चालू आर्थिक वर्षको सर्वेक्षणअनुसार वैदेशिक रोजगार र म्यादी जीवन बीमासमेत गणना गर्दा यो संख्या २६ प्रतिशत पुगेको छ।
गत फागुनसम्म जीवन बीमाका १ हजार ९६९ र निर्जीवन बीमाका ९३६ गरी २ हजार ९०५ शाखा संख्या पुगेको अर्थ मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम बीमकको संख्या छ।