पत्रकार महासंघ रूकुम शाखाद्वारा स्वास्थ्य सामग्री वितरण
नेपाल पत्रकार महासंघ रूकुमले पत्रकारहरूलाई दोस्रो चरणको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
नेपाल पत्रकार महासंघ केन्द्र र महासंघ कर्णाली प्रदेशले उपलब्ध गराएका स्वास्थ्य सामग्री बुधबार र बिहीबार पत्रकारको घरमै पुगेर प्रदान गरिएको हो।
महासंघले कोरोना संक्रमित, कोरोना संक्रमणमुक्त र संक्रमित नभएका पत्रकारहरूलाई घरमै पुगेर मास्क र सेनिटाइजर वितरण गरेको हो।
नियमित कामको क्रममा सुरक्षित र स्वास्थ्यका मापदण्ड पालना गर्न रुकुम शाखा अध्यक्ष लक्ष्मण केसीले अनुरोध गरेका छन्। स्वास्थ्य सामग्री वितरण गर्न छुटेका पत्रकारलाई पनि छिट्टै दिइने उनको भनाइ छ।