बेलायतले दियो २६० थान भेन्टिलेटर
बेलायत सरकारले २६० थान भेन्टिलेटर, १९ हजार २०० आई प्रोटेक्टर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ।
चार्टर्ड जहाजमार्फत् आएको स्वास्थ्य सामग्री शुक्रबार बिहान नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन्।
उक्त जहाजमा नेपालमेडयुकेले पठाएको अक्सिजन कन्सन्ट्रेटर पनि आएको छ।
स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै राजदूत पोलिटले बेलायतको तर्फबाट सहयोग जारी रहने बताइन्।