निषेधाज्ञाको समयमा साल्ट ट्रेडिङले खाद्यान्न बिक्री गर्ने
निषेधाज्ञाको समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले खाद्यान्न बिक्री गर्ने भएका छन्।
स्थानीय तहको समन्वयमा स्थानीय स्तरमै खाद्यान्न बिक्रीको व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको हो।
काठमाडौं उपत्यकामा १४ जेठदेखि थप कडाइ गरीत एक सातासम्म निषेधाज्ञा थप गरिएको छ। २० जेठसम्म डिपार्टमेन्ट स्टोर, खाद्यान्न तथा किराना पसल समेत बन्द हुनेछन्।
तरकारी पसल, मासु पसल र डेरी भने बिहान ९ बजेसम्म खुल्न पाउनेछन्।