जर्नेल दिनेशकुमार केसीको कोरोनाबाट निधन
नेपाली सेनाका सहायक रथी (जर्नेल) दिनेशकुमार केसीको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ।
जर्नेल केसीको आज बिहान छाउनीस्थित सैनिक अस्पतालमा निधन भएको नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए। “कोरोनासँगै निमोनिया पनि देखिएको थियो। उपचारका क्रममै आज बिहान निधन भयो,” प्रवक्ता पौडेलले भने।
नेपाली सेनाको १३ नं. बाहिनी लगनखेलमा कार्यरत जर्नेल केसीलाई कोरोना संक्रमण देखिएको थियो। उनको एक सातादेखि सैनिक अस्पतालमा उपचार भइरहेको थियो।
केसीलाई भेन्टिलेटरमा राखिएको थियो। उपचारका क्रममा आज बिहान निधन भएको हो।