‘ओली एउटै व्यक्तिको प्रतापमा चल्ने पार्टी बनाउन चाहन्थे’
पार्टी एकता हुँदा माओवादीलाई के लागेको थियो भने एमालेसँग मुलुक परिवर्तनको अजेन्डा छैन। तर, समाजमा स्थापित मान्छेहरू छन्, भोट ब्यांक राम्रो छ र त्यहाँ हामी हाम्रा राजनीतिक अजेन्डा घुसाउन सक्छौं। एमालेलाई के लागेको थियो भने माओवादीलाई पनि जोडिसकेपछि हाम्रो कर्मचारीतन्त्र असाध्यै बलियो बन्छ। हामी लामो समय शासन गर्न सक्छौं।
देशकै सबैभन्दा ठूलो कम्युनिष्ट शक्ति बन्ने र कम्तीमा पाँच वर्ष आफ्नै नेतृत्वमा सरकार चलाउने लगायतका अनेक महत्त्वाकांक्षी लक्ष्य र कार्ययोजनाका साथ ३ जेठ २०७५ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकीकरण भयो। र, जन्मियो–नेकपा। तर, नेतृत्वको निरन्तरको किचलो, पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनको निर्णयविरुद्ध सर्वोच्च अदालतको खारेजी र एकतालाई अवैध मान्ने सर्वोच्चकै फैसलाका कारण तीन वर्ष पनि नपुग्दै नेकपा पुनः पहिलेकै अवस्थामा पुग्यो–एमाले र माओवादी केन्द्र। आखिर किन जुट्यो अनि किन फुट्यो नेकपा? ‘हिमालखबर’को यो प्रश्नमा ब्युँतिएको माओवादी केन्द्रका नेता राम कार्कीको विश्लेषणः
एउटा पुरानो कथा छ। एक साँझ राजाले दरबारमा उत्सव आयोजना गर्छन्। उत्सवमा एउटी नर्तकीलाई बोलाइएको हुन्छ। रातको तीन प्रहरसम्म लगातार नृत्य गरेपछि नर्तकीले ‘बहुत गई– थोडी रही, थोडी–भी कट जाई’ भनेर गाउँछे।
गीत सुनेपछि तबलावादकहरूले आफ्नो आधा पारिश्रमिक नर्तकीलाई दिने घोषणा गर्छन्। नृत्य हेरिरहेका राजकुमारले रत्नजडित हार नर्तकीलाई दिन्छन्। राजकुमारीले पनि सुनको चुरा दिन्छिन्। राजाले एक हजार सुनको मुद्रा नर्तकीलाई दिन्छन्। राजगुरुले पनि आफूसँग भएभरको सुनको मुद्रा नर्तकीलाई दिन्छन्। यो सब देखिरहेका मन्त्रीले तबलावादकलाई सोध्छन्, “आफ्नो आधा पारिश्रमिक किन दिन लागेको?”
तबलावादक भन्छन्, “थकान र अनिदोले गर्दा तबला बजाउन नसक्ने भइसकेका थियौं। बजाउँदा–बजाउँदै निदाएको भए अवश्य राजाले दण्ड दिने थिए। तर, नर्तकीले यत्रो समय त बितिसक्यो, अब थोरै समय बाँकी छ, त्यो पनि बित्छ भन्ने गीत गाएपछि सजग भएर तबला बजायौं। उनले त्यो गीत नगाएको भए राजाबाट पारिश्रमिक होइन, दण्ड पाउने सम्भावना थियो। त्यही भएर आधा पारिश्रमिक दिने घोषणा गरेका हौं।”
मूल नेतृत्वको दाउ सरकार थियो। हामी जस्ताको दाउ आफ्नै किसिमको थियो। थोरै बसेर छलफल गर्नुभन्दा ठूलो पार्टीमा बसेर छलफल गर्न पाइन्छ भन्ने स्वार्थ थियो। पार्टीको कार्यदिशाबारे छलफलमा सहभागी हुने सोचाइ थियो।
मन्त्री राजकुमारलाई सोध्छन्, “रत्नजडित हार नर्तकीलाई किन दिनुभएको?” राजकुमार भन्छन्, “लामो समयदेखि म राजा बन्ने प्रतीक्षामा थिएँ। प्रतीक्षा गर्दागर्दै मेरो धैर्यको बाँध टुट्नै लागेको थियो। अब बुवालाई मारेर भए पनि राजा बन्छु भन्ने निर्णयमा पुगिसकेको थिएँ। तर, नर्तकीको गीत सुनेपछि त्यो निर्णय परिवर्तन गरें। बुवाको हत्यारा बन्नबाट जोगिएँ। गीतमा भने जस्तै ‘यत्रो समय त बितिसक्यो’, त्यसैले अब बुवाको शेषपछि मात्रै राजा बन्न चाहन्छु।”
मन्त्रीले राजकुमारीलाई पनि त्यही प्रश्न सोध्छन्, “यस्तो महँगो सुनको चुरा नर्तकीलाई किन दिनुभएको?” राजकुमारी जवाफ दिन्छिन्, “म जवान भइसकें, तर मेरा बुवाले विवाह गरिदिनुभएन भनेर आज राति प्रेमीसँग भाग्न लागेकी थिएँ। तर, नर्तकीको यो गीतले मेरो मन बदलियो। मैले हतारमा निर्णय गरेको भए मेरा बुवाको नाक काटिने थियो।”
मन्त्री हिम्मत जुटाएर राजालाई पनि सोध्छन्, “महाराजले चाहिँ किन त्यत्रो असर्फी दिनुभएको?” राजा भन्छन्, “म राज्यशक्तिको लोभले गर्दा छोरालाई राजगद्दी हस्तान्तरण नगरी बसेको थिएँ। बहुत गई–थोडा रही भन्ने कुराले मेरो यत्रो उमेर बितेको याद गरायो। अब भोलि नै राजतिलक गरेर छोरालाई गद्दी छाड्छु।”
अनि मन्त्रीले राजगुरुलाई सोध्छन्, “अनि तपाईंले चाहिँ किन दिनुभयो त्यत्रो सुनको मुद्रा?” राजगुरु भन्छन्, “यत्रो वर्ष सेवा–साधना गरें, आखिर के पाएँ भन्ने लागेको थियो। तर, नर्तकीको गीत सुनेपछि यत्रो समय सेवा गरिसकें, अब बचेको थोरै समय विचलित नभई सेवा गर्दा के फरक पर्ला र? भन्ने लाग्यो।”
विगत १०-१२ वर्षमा संसद्मा मजदूर, किसान, महिला, दलितका पक्षमा एउटा पनि विधेयक आएको छैन। यसबाट पनि माओवादी नेतृत्व संस्थापन पक्षको नेता बन्न खोजेको बुझ्न सकिन्छ। तर, अतीतले गर्दा संस्थापनले माओवादी नेतृत्वलाई नेता स्विकारेन। निरन्तर दक्षिणीपन्थी बाटो लिएका केपी शर्मा ओलीलाई नै उनीहरूले भरोशा गरे।
नर्तकीको गीतले राजा, राजकुमार, राजकुमारी, राजगुरु, तबलावादक सबै खुशी भए। तर, रोचक पक्ष चाँहि, उनीहरू खुशी हुनुको कारण भने बेग्लाबेग्लै थियो।
हो, ठीक त्यसै गरी एमाले र माओवादी केन्द्रको एकताको उद्देश्य पनि नेतापिच्छे फरक फरक थियो। मूल नेतृत्वको दाउ सरकार थियो। हामी जस्ताको दाउ आफ्नै किसिमको थियो। थोरै बसेर छलफल गर्नुभन्दा ठूलो पार्टीमा बसेर छलफल गर्न पाइन्छ भन्ने स्वार्थ थियो। पार्टीको कार्यदिशाबारे छलफलमा सहभागी हुने सोचाइ थियो।
एमाले परिवर्तनको वाहक बन्न सकेन। एक किसिमको कर्मचारीतन्त्र मात्रै भयो भन्ने थियो। मदन भण्डारीलाई देउता जस्तो बनाएर राखे पनि एमाले भनेको समाजविज्ञानको दृष्टिले एउटा कर्मचारीतन्त्र नै हो। शिक्षा र स्वास्थ्य निःशुल्क दिएर जनताको सेवा गर्नुपर्नेमा त्यसको व्यापार गरेर मोटाएको एउटा कर्मचारीतन्त्र हो। त्यो कर्मचारीतन्त्रलाई शुरूमा माओवादीले धक्का दिएको थियो। तर, पछि माओवादी आफै त्यही कर्मचारीतन्त्रमा फेरिन थाल्यो।
माओवादीलाई पनि आफ्नो अतीतले छाडेको थिएन। हुन त हाम्रा नेताहरूले आफूलाई संस्थापन पक्षधर देखाउन खोजे। तर, विद्रोही अतीतले गर्दा परम्परागत संस्थापन- जो राजा, धर्म, जातपात मान्छन्, पूँजीपतिहरू छन्, उनीहरूले विश्वास गरेनन्। जब कि माओवादीले पनि किसान-मजदूरका मुद्दा छाडिसकेको थियो।
केपी ओली एउटा व्यक्तिको प्रतापमा चल्ने पार्टी बनाउन चाहन्थे। दलाल पूँजीपतिहरूलाई पनि के लाग्यो भने धेरै वटा संस्था भए भने कतिलाई किन्ने? कतिलाई प्रभाव पार्न सकिन्छ भन्ने भयो। एउटा व्यक्ति रिझाउँदा पुग्ने पार्टी भए त उनीहरूलाई पनि सहज हुने भयो।
विगत १०-१२ वर्षमा संसद्मा मजदूर, किसान, महिला, दलितका पक्षमा एउटा पनि विधेयक आएको छैन। यसबाट पनि माओवादी नेतृत्व संस्थापन पक्षको नेता बन्न खोजेको बुझ्न सकिन्छ। तर, अतीतले गर्दा संस्थापनले माओवादी नेतृत्वलाई नेता स्विकारेन। निरन्तर दक्षिणीपन्थी बाटो लिएका केपी शर्मा ओलीलाई नै उनीहरूले भरोशा गरे।
केपी ओली एउटा व्यक्तिको प्रतापमा चल्ने पार्टी बनाउन चाहन्थे। दलाल पूँजीपतिहरूलाई पनि के लाग्यो भने धेरै वटा संस्था भए भने कतिलाई किन्ने? कतिलाई प्रभाव पार्न सकिन्छ भन्ने भयो। एउटा व्यक्ति रिझाउँदा पुग्ने पार्टी भए त उनीहरूलाई पनि सहज हुने भयो।
फेरि यो नेपालको मात्रै कुरा होइन, संसारभर नै यस्तै भइरहेको छ। पूँजीवादले जहाँ पनि अधिनायकवादी शासक खोजिरहेको छ। टर्की, फिलिपिन्समा पनि त्यस्तै हो। अमेरिकामा बडो मुश्किलले त्यो प्रवृत्तिलाई यस पटक हराए। तर, अमेरिकामा अझै पनि त्यो बलवान् नै छ भन्ने देखिँदै छ।
वास्तवमा हामीकहाँ समाजवादतिर जाने कोशिश नै भएन। कमसे कम एक–दुई वटा विधेयक आइदिएको भए हुन्थ्यो। विधेयक ल्याउन सके पनि नसके पनि संघर्ष हुन्थ्यो। संसारभर पूँजीवादमा जुन संकट देखिएको छ, यहाँ पनि त्यही देखियो।
पार्टी एकता हुँदा माओवादीलाई के लागेको थियो भने एमालेसँग मुलुक परिवर्तनको अजेन्डा छैन। तर, समाजमा स्थापित मान्छेहरू छन्, भोट ब्यांक राम्रो छ र त्यहाँ हामी हाम्रो राजनीतिक अजेन्डा घुसाउन सक्छौं। एमालेलाई के लागेको थियो भने माओवादीलाई पनि जोडिसकेपछि हाम्रो कर्मचारीतन्त्र असाध्यै बलियो बन्छ। हामी लामो समय शासन गर्न सक्छौं।
तर, नेकपा बनिसकेपछि दुवै अपेक्षा पूरा भएनन्। किनभने, एमालेले माओवादीको अजेन्डा बोक्दैनथ्यो। माओवादी आफैंले बोक्न छाडेको मजदूर, किसान, दलित, आदिवासी/जनजाति, महिला, पर्यावरण आदिका मुद्दा एमालेले बोकिदिने कुरा पनि थिएन।
पार्टी एकता हुँदा माओवादीलाई के लागेको थियो भने एमालेसँग मुलुक परिवर्तनको अजेन्डा छैन। तर, समाजमा स्थापित मान्छेहरू छन्, भोट ब्यांक राम्रो छ र त्यहाँ हामी हाम्रो राजनीतिक अजेन्डा घुसाउन सक्छौं। एमालेलाई के लागेको थियो भने माओवादीलाई पनि जोडिसकेपछि हाम्रो कर्मचारीतन्त्र असाध्यै बलियो बन्छ। हामी लामो समय शासन गर्न सक्छौं।
एउटा राम्रो के भयो भने केही राजनीतिक तथ्य भने बाहिर आए। अहिलेका सबै राजनीतिक खेलाडीहरू यथास्थितिवादी रहेछन्, फरक मात्राको मात्र हो भन्ने सबैलाई थाहा भयो। विवेकशील साझा, जनता समाजवादी पार्टी, माओवादी, कांग्रेस, एमाले लगायतका शिखर नेतृत्व यथास्थितिवादी हुन्। किनभने, यी कसैसँग पनि वैकल्पिक राजनीतिक कार्यक्रम छैन।
यथास्थितिको विकल्प यथास्थिति हुनसक्दैन। सरकारले–पार्टीहरूले हरेक दिन, हरेक घण्टा गर्ने गतिविधिले जनतामा निराशा पस्किरहेको छ। केपी ओलीको विकल्प शेरबहादुर देउवा वा महन्थ ठाकुर हुनसक्दैनन्। देउवाको विकल्प ओली वा अरू हुनसक्दैनन्। विकल्प भनेको नयाँ नीति र नेतृत्व मात्रै हुनसक्छ भन्ने कुरा पनि उद्घाटित भयो। मैले यसलाई सकारात्मक रूपमा हेरेको छु।
एमाले र माओवादी एकै ठाउँमा बसेर विकल्प दिन खोज्दा असफल भए। बेग्लाबेग्लै बसेर विकल्प दिन खोज्दा पनि असफल नै हुन्छन्। किनभने, यी दुवै हिँडिरहेको बाटो नै गलत छ।
गल्ती कहाँ भयो भने, पार्टी एक भएकै बेला समाजवादी कार्यक्रमतर्फ बहस लैजानुपर्थ्याे। तर, समाजवादी विकल्पमा नगएर कुर्सी, पद, सत्ताको भोग, अह्रनखटन कसले गर्ने भन्नेमा मात्रै झगडा भइरह्यो। पार्टीमा तपाईंहरूले मजदूर, किसान, दलित, महिला, जनजातिका मुद्दामा बहस भएको थाहा पाउनुभयो? पटक्कै भएन।
प्रगतिशील विकल्प दिन नसक्दासम्म एउटै पार्टी भए पनि फरक फरक पार्टी भए पनि हुनेवाला केही छैन। त्यही पात्रहरूले टालटुल गरेर, पाउडर घसेर विकल्प आउन सक्दैन। हाम्रो नेतृत्व घर वा सोफामा बस्दा अडेस लगाउन प्रयोग गरिने कुसन मात्रै रहेछन्। साँच्चैको विकल्प होइन रहेछन् भन्ने साबित भयो।
(कुराकानीमा आधारित)