खोप उपलब्ध गराउन राष्ट्रपति भण्डारीको भारतीय समकक्षीलाई अनुरोध
राष्ट्रपति विद्यादेवी भण्डारीले खोप उपलब्ध गराउन भारतीय समकक्षी रामनाथ कोविन्दसँग अनुरोध गरेकी छन्।
नेपाललाई खोप उपलब्ध गराइदिन राष्ट्रपति भण्डारीले भारतीय राष्ट्रपति कोविन्दलाई मंगलबार परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेकी हुन्।
राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति भण्डारीले यसअघि अनुदानमा दिएको खोपका लागि पनि भारतलाई धन्यवाद दिएकी छन्।
नेपाल सरकारले खोप किन्नका लागि दिएको अग्रिम रकमको र थप खोप पनि पठाउन भण्डारीले अनुरोध गरेको ढकालले जानकारी दिए।
यसअघि भारतले नेपाललाई १० लाख खोप अनुदानमा दिएको थियो। त्यसपछि नेपालले २० लाख खोप किन्नका लागि भारतलाई रकम उपलब्ध गराएको भए पनि आधा अझै आएको छैन।