भारतले भन्याे- यो नेपालकाे आन्तरिक मामिला हो
नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले जानकारीमा राखेको प्रतिक्रिया दिएको छ ।
नेपालको राजनीतिक घटनाक्रमबारे सञ्चारमाध्यमको जिज्ञासामा प्रतिक्रिया दिंदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पछिल्लो राजनीतिक घटनाक्रम नेपालको आन्तरिक मामिला भएको र आन्तरिक संरचना र लोकतान्त्रिक प्रक्रियाद्वारा नेपाल स्वयंले यसको समाधान गर्ने बताएका छन् ।
उनले भनेका छन्,‘एउटा छिमेकी र मित्रका हिसाबले नेपाल र नेपालीको प्रगति, शान्ति, स्थायित्व र विकासमा भारतले गर्दै आएको सहयोगमा भारत दृढ छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनकाे घाेषणा गरेपछि भारतले औपचारिक रूपमा प्रतिक्रिया दिएको हो।