कामिरितालाई काठमाडौंमा स्वागत (तस्वीरहरू)
२५औं पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गरेका आरोही कामिरिता शेर्पालाई काठमाडौंमा स्वागत गरिएको छ।
प्रतिकूल मौसमका कारण उनी मंगलबार सगरमाथा आधारशिविरबाट काठमाडौं फर्किएका हुन्। काठमाडौं विमानस्थलमा उनको स्वागत गरिएको छ।
उनले २४ वैशाखमा २५औं पटक सगरमाथाको आरोहण गरेका थिए। उनको आरोहणसँगै यो वर्षको वसन्त यामको आरोहण शुरू भएको थियो। यही याममा २६औं पटक आरोहण गर्न खोजे पनि मौसम प्रतिकूल भएकाले काठमाडौं फर्किएको उनले बताए।