आज संक्रमित र निको हुने हाराहारी, १८५ जनाको मृत्यु
कोभिड–१९ का दोस्रो लहर चलेयता पहिलो पटक नयाँ संक्रमित र निको हुनेको संख्या हाराहारीमा देखिएको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या भने घट्न सकेको छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा सात हजार ४२५ जनामा कोरोना संक्रमण देखिएको छ। आज देशभर २० हजार ४५३ जनाको स्वाब परीक्षण गरिएको थियो।
योसँगै कोरोना संक्रमित हुनेको संख्या पाँच लाख २० हजार ४६१ पुगेको छ। सक्रिय संक्रमित पनि एक लाख १५ हजार ४४७ पुगेका छन्।
आज कोरोनाबाट १८५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ।
आज सात हजार १३५ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या तीन लाख ९८ हजार ४८३ पुगेको छ।