विपक्षी गठबन्धनका शीर्ष नेता सर्वोच्चमा
प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनका शीर्ष नेताहरू सर्वोच्च अदालत पुगेका छन्।
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्न माग गरी विपक्षी दलका नेता सर्वोच्च अदालत पुगेका हुन्। देउवासँगै नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले) वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल लगायत सर्वोच्च पुगेका हुन्।
पाँचै दलका १४६ सांसदसहित देउवाले दिएको रिटमा राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाइएको छ।