सर्वोच्च अदालतमा सांसदहरू (तस्वीरहरू)
प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गर्न सांसदहरू सर्वोच्च अदालत पुग्न थालेका छन्। केही सांसद पुगिसकेका छन् भने केही पुग्ने क्रममा छन्।
विपक्षी गठबन्धनका १४९ सांसदहरूले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी बनाएर रिट दर्ता गर्न लागेका हुन्। यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले)को माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सबै सांसदलाई सर्वोच्च अदालतमा बोलाएका छन्।