के थिइन् वानीरा ?
लेखनमा सरलता, सहजता र सरसताका कारणले नै नेपाली साहित्यजगत्मा वानीरा गिरिको पाइलो माथिल्लो स्थानमा टेकिएको हो।
मान्छे जूनको अनुहार
अघिल्तिर प्रकाश र उज्यालो
पछिल्तिर कुरूपता र अनन्त अन्धकार
यस अर्थमा जून
एउटी किचकन्नी हो।
डा. वानीरा गिरिका कवितामा गहनता ढाकिएका हुन्छन्, वास्तविकता ओगटिएका हुन्छन् र यथार्थता भरिएका हुन्छन्। गिरि कवितामा जीवन लेख्छिन् र जीवनै कवितामा लेख्छिन्। गिरिका भावभावमा अर्थको साङ्ले पुल जोडिएको हुन्छ। त्यसैले उनी कवितामय धर्तीको गीत लेखेर थाक्तिनन्।
उनका कवितामा एकातिर दर्शनले साँध लगाएको हुन्छ भने अर्कातिर उनका काव्यात्मक विम्बमा लालुपाते फुलेको हुन्छ। उनी जीवन र जगत्का प्रसङ्गलाई अलङ्कारमय बनाउँछिन्। उदाहरणका लागि, जून अगाडि जति सुन्दर भए पनि त्यसपछिको भाग कालै हुन्छ अर्थात् त्यहाँ सायद किचकन्नी पनि बसेकी हुन्छे। मान्छे अगाडि मुखले ठिक्क पार्छ, तर पछाडिपट्टिबाट उसले आफन्तकै डँडेल्नामा छुरी पनि हान्छ। वानीरा गिरिको परिभाषाबाट हेर्ने हो भने मान्छेहरूमध्येकै मान्छे पनि किचकन्नीको अर्को रूप हुनसक्छ।
वानीरा गिरिको नाउँ सानामा सत्यदेवी थियो। उनी अक्षय तृतीयाका दिन जन्मेकीले उनलाई सत्यदेवी भनिएको थियो। उनको जन्म दार्जीलिङको खरसाङमा संवत् २००३ वैशाख २२ गते शनिबार भएको थियो। इन्द्रराज गिरि र जानकीदेवीका ६ जना सन्तानमध्ये सबैभन्दा कान्छी छोरीका रूपमा वानीराको जन्म भएको थियो।
वानीराले चार वर्षदेखि नेपाली वर्णमाला पढ्न थालिन्। त्यति बेला उनी आफ्नै गाउँको स्कट मिसन स्कूलमा भर्ना भएकी थिइन्। त्यस स्कूलमा उनले छैटौं कक्षा उत्तीर्ण गरिन्। उनी कक्षा १ देखि ६ सम्म पढाइमा प्रथम भइरहिन्। त्यसपछि उनलाई त्यहीँको सेन्ट जोसेफ स्कूलमा स्थानान्तरण गरियो। त्यहाँ पनि उनी कहिले कक्षामा प्रथम र कहिले द्वितीय हुन्थिन्। साथै त्यही स्कूलबाट उनले २०१६ सालमा एसएलसी पास गरिन्।
वानीरा सानैदेखि कविता लेखनमा जोडिएको नाउँ थियो। ११ वर्षकै उमेरमा उनी कवितालेखनमा पुरस्कृत भइसकेकी थिइन्। उनका विषयमा ईश्वर वल्लभले भने पनि, “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन्। उनको भविष्यको काव्यभूमिको राप मैले त्यतिबेलै देखेको थिएँ।"
वानीराले सानैमा स्वावलम्बनको पाठ पढेकी थिइन्। उनी सानैदेखि आफ्नो घरका सबै काम आफैं गर्थिन्। घरधन्दा र घरव्यवहारमा उनी त्यसै बेला निपुण थिइन्। आफ्नो खुट्टामा आफैं टेक्ने हिसाबले गर्दा किशोरावस्थामा पुगेपछि उनले कुखुरा पाल्दै बेच्तै पनि गरिन्।
वानीरा सात वर्षकी हुँदा उनकी आमा स्वर्गीय भइन्। त्यसपछि उनका बुबाले छोरीलाई बोकीबोकी हिँडे। छोरीको पढाइलेखाइबाट इन्द्रराज गिरि धेरै सन्तुष्ट थिए। त्यसैले उनी छोरीको भविष्य लगेर डाक्टरमा जोड्न पुग्थे। सोही अनुरूप वानीराले पनि आईएससी पढिन्। आईएससीको अन्तिम परीक्षा आउनु केही दिनअघि वानीराको टाउकामा अर्को पहाड आएर बज्रियो। भनूँ त्यस घडी उनका बुबाको पनि स्वर्गारोहण भयो। त्यसपछि वानीराको जीवन आँधीहुरीभित्रको जहाजझैँ हुन थाल्यो। तर पनि, पुन: परीक्षा दिएर उनले आईएससी चाहिँ पास गरिन्।
बुबाको निधन हुनु भनेको वानीराको जीवनको यात्रा पिटिक्कै भाँचिनु थियो। तर, उनले आफ्नो जीवनलाई भाँचिनबाट जोगाइन्। त्यसपछि उनलाई आर्थिक अवस्थाले भने सारै सतायो, तर पनि उनी आत्तिइनन्। उनी आफ्नो यात्रामा कलिला पैताला फट्कार्दै अगि बढिन्। खास गरेर उनले त्यस घडी कथा, कविता र निबन्धहरू पनि लेखिन्। त्यति बेला उनको त्यो लेखन आत्मसन्तुष्टिको बाटोका कारणले मात्र नभई पारिश्रमिक लिने अभिप्रायले पनि प्रेरित थियो।
वानीरा सानैदेखि कविता लेखनमा जोडिएको नाउँ थियो। ११ वर्षकै उमेरमा उनी कवितालेखनमा पुरस्कृत भइसकेकी थिइन्। उनका विषयमा ईश्वर वल्लभले भने पनि, “बहिनी वानीरा एउटी सशक्त कवयित्री थिइन्। उनको भविष्यको काव्यभूमिको राप मैले त्यतिबेलै देखेको थिएँ। त्यसैले अगमसिंह गिरीले आयोजना गरेको कविगोष्ठीमा मैले उनलाई पुरस्कारस्वरूप केही कृति दिएको थिएँ।”
नाचगान, पढाइ, व्यवहार जस्ता विविध पक्षमा दार्जीलिङमा वानीरालाई सबैले मन पराउँथे। उनी जसरी कथा, कविता लेख्थिन् त्यसैगरी स्कूलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन्।
वानीरा स्पष्ट स्वभाव भएकी स्रष्टाको नाउँ हो। राम्री भएर पनि सादा र चाम्री भएर पनि सरल जीवन बिताउनु उनको वैयक्तिक विशेषता मानिन्छ। यति हुँदाहुँदै पनि उनलाई नजिकबाट चिन्नेहरूमध्ये केही व्यक्ति भन्ने गर्छन्, “वानीराको व्यक्तित्व र कृतित्वमा आकाशपाताल फरक पाइन्छ। वानीरा अहङ्कारी र हुङ्कारी पनि छिन्।”
नाचगान, पढाइ, व्यवहार जस्ता विविध पक्षमा दार्जीलिङमा वानीरालाई सबैले मन पराउँथे। नाचगानको कुरा गर्ने हो भने उनी सानैदेखि यस विषयमा पनि केन्द्रित थिइन्। उनी जसरी कथा, कविता लेख्थिन् त्यसैगरी स्कूलमा आयोजित सांस्कृतिक कार्यक्रममा सहजतापूर्वक भाग लिने गर्थिन्।
तेस्रो कक्षामा उनले सर्वप्रथम कलाकारको भूमिका पनि निर्वाह गरेकी थिइन्। चौथो कक्षामा पनि यिनले नाटकमा आफ्नो भूमिका देखाएकी थिइन्। चाहे वक्तृत्वकलामा होस्, चाहे गायनमा होस्, चाहे नृत्यमा होस् र चाहे नाटकमा होस् जुनसुकै विषयमा भाग लिए पनि उनी प्रतियोगितामा प्रथम हुन्थिन् र कहीँ कतै द्वितीय पनि हुन्थिन्।
वानीरा बीएको पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना लिइन्। श्री ५ महेन्द्र छात्रवृत्ति अन्तर्गत उनले भर्ना पाएकी थिइन्। काठमाडौंमा वानीराको शङ्कर गिरिसँग पनि परिचय भयो। अन्तत: २०२३ सालमा इन्जिनियर गिरिसँग वानीराको वैवाहिक जीवन स्थापित भयो।
कविता प्रतियोगितामा पनि उनको स्तर अग्रपङ्क्तिमा नै हुन्थ्यो। यिनी आफू मात्र कविता लेख्तिनथिन्, अरूहरूलाई पनि प्रोत्साहन दिन्थिन्। उदाहरणका लागि भन्ने हो भने त्यस बेला यिनले ‘मुटु’ नाउँको भित्तेपत्रिका पनि निकालिन्। ११ वर्षको उमेरमा एउटी बालिकाले भित्तेपत्रिका सम्पादन र प्रकाशन गर्दा स्कूलका सम्पूर्ण शिक्षकहरू छक्क पर्थे।
वानीराले स्नातक गरेपछि एमए पढ्ने पनि रहर गरिन्। तर, उनका अगाडि त्यो त्यति सम्भव कुरो थिएन। यति हुँदाहुँदै पनि दैवको बेठी बजेर उनका लागि एमए पढ्ने वातावरण निर्माण भयो। उनी बीएको पुर्जा हातमा बोकेर २०२२ सालमा काठमाडौं आइन् र एमएमा भर्ना लिइन्।
भारतीय विद्यार्थीलाई नेपाली पढ्ने श्री ५ महेन्द्र छात्रवृत्ति अन्तर्गत नै उनले भर्ना पाएकी थिइन्। किशोरावस्थाको झट्का चुडिँदानचुडिँदै अर्थात् काठमाडौं टेकेपछि वानीराको शङ्कर गिरिसँग पनि परिचय भयो। अन्तत: २०२३ सालमा इन्जिनियर गिरिसँग वानीराको वैवाहिक जीवन पनि स्थापित भयो।
नेपाली विषयमा एमए उत्तीर्ण भएपछि वानीरा गिरिले पद्मकन्या कलेजमा पढाउने काम पाइन्। केही वर्ष उनले ललितकला क्याम्पसमा पनि पढाइन्। प्राध्यापन गर्दै जाँदा केही समयपछि उनी पद्मकन्या क्याम्पसमा चर्चित पनि भइन् किनभने उनी खालि प्राध्यापनमा मात्र परिचित थिइनन्। त्यति बेलासम्ममा उनी एउटी सशक्त कवयित्रीका रूपमा पनि स्थापित भइसकेकी थिइन्।
वानीराले आफूलाई मन पर्ने कविलाई पीएचडीको नायक छानिन्। अनि उनले विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद'। यसै विषयमा वानीराले पीएचडी गरिन् र नेपाली साहित्यमा पीएचडी गर्ने उनी प्रथम नारी भइन्।
वानीराले त्रिभुवन विश्वविद्यालयबाट नै एमएड् पनि गरिन्। पढाइमा उनको हौसला अझै चुलिँदै गयो। त्यसपछि उनले विद्यावारिधि गर्ने सोच बनाइन्। उनले यस विषयमा एउटा चिन्तन गरिन् र आफूलाई मन पर्ने कविलाई पीएचडीको नायक छानिन्। अनि उनले विषय बनाइन् ‘गोपालप्रसाद रिमालका काव्यमा स्वच्छन्दतावाद'। यसै विषयमा वानीराले पीएचडी गरिन् र नेपाली साहित्यमा पीएचडी गर्ने उनी प्रथम नारी भइन्।
वानीराले बाल्यकालदेखि नै आफूलाई साहित्यतर्फ लगाए तापनि पहिलोपल्ट उनको औपचारिक कविता २०२० सालमा छापिएको थियो। डीके खालिङको सम्पादनमा दार्जिलिङबाट प्रकाशित ‘दियो’ मा ‘मेरो साथी भन्छ’ शीर्षक कविता छापिएपछि उनी जनसमक्ष प्रस्तुत भएकी हुन्। त्यसपछि उनी कविता लेखनमा क्रमश: चम्कँदै गइन्।
दार्जिलिङका विभिन्न पत्रपत्रिकाका अतिरिक्त काठमाडौंका पनि अनगिन्ती पत्रपत्रिकामा उनका रचनाहरू प्रकाशित भइरहे। कृतिकारका रूपमा चाहिँ उनी २०३१ सालमा देखापरिन्। त्यति बेला उनको ‘एउटा एउटा जिउँदो जङ्गबहादुर’ नामक कवितासङ्ग्रह प्रकाशित भयो।
त्यसपछि २०३४ सालमा यिनको अर्को कवितासङ्ग्रह प्रकाशित भयो ‘जीवनस् थायमरू’ अनि २०३५ सालमा उनको ‘कारागार’ नामक उपन्यास प्रकाशनमा आयो। ‘मेरो आविष्कार’ नामक उनको आत्मकाव्य पनि २०३४ सालमा प्रकाशित भयो। त्यसै गरी २०४४ सालमा उनले ‘निर्बन्ध’ नामक उपन्यास प्रकाशनमा ल्याइन् भने २०५६ मा उनको अर्को उपन्यास ‘शब्दातीत शान्तनु’ प्रकाशित भयो।
उनको ‘शब्दातीत शान्तनु’ नेपाली साहित्यमा निकै चर्चित बन्यो। त्यही कृतिले संवत् २०५६ को साझा पुरस्कार पनि प्राप्त गर्यो। वानीराले पाएका पुरस्कारको लेखाजोखा गर्ने हो भने उनी दार्जिलिङबाट काठमाडौं आएकै वर्ष नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानबाट आयोजित कविता महोत्सवमा द्वितीय भएकी थिइन्। उनी प्रबल गोरखादक्षिणबाहुबाट पनि विभूषित भइन्।
वानीरा जहाँजहाँ गइन्, उनले त्यहींत्यहींको वस्तुस्थिति केलाइन्। उनले नेपाली भाषाको कलम समाते पनि विश्वका नारीमाथिका सन्दर्भलाई कथाका भाकामा प्रस्तुत गरिन्। उनका कथा जीवन र जगत्मा व्याप्त प्रकृतिपुरुष र तिनका विकृति र विसङ्गति छिचोल्नमा सफल भए।
वानीराले नेपालका विभिन्न भूभाग घुमिन्। उनले भारतका पनि विभिन्न ठाउँ डुलिन्। साथै यिनी २०३३ सालमा अफ्रो एसियाली लेखक सम्मेलनमा भाग लिन सोभियत रुस गएकी थिइन्। मनकी सुन्दरी र तनकी सुन्दरी वानीरा अन्तत: धनकी पनि सुन्दरी बनिन्। उनले काठमाडौंको बानेश्वरस्थित मीनभवनमा एउटा भव्य, आकर्षक र राम्रो घर ठड्याइन्। वास्तवमा वैवाहिक जीवनमा गाँसिएपछि उनको जीवनमा कहिल्यै पनि आर्थिक सङ्कट आएन।
वानीरा जहाँजहाँ गइन्, उनले त्यहींत्यहींको वस्तुस्थिति केलाइन्। उनले नेपाली भाषाको कलम समाते पनि विश्वका नारीमाथिका सन्दर्भलाई कथाका भाकामा प्रस्तुत गरिन्। उनका कथा जीवन र जगत्मा व्याप्त प्रकृतिपुरुष र तिनका विकृति र विसङ्गति छिचोल्नमा सफल भए। सम्भोगका कथनदेखि मानव जीवनका सूक्ष्मतर वानीराको भावभूमितर्फ चहार्दा उनी वास्तविकतालाई आधार बनाई सिर्जना गर्ने स्रष्टा हुन्।
उनको लेखनमा अस्तित्ववादी र निस्सारतावादी दृष्टिकोणले मितेरी लगाएको पाइन्छ। समाज र मानवीय दृष्टिकोणलाई उनका रचनाले थप अँगालो मारेको पाइन्छ। लेखनमा सरलता, सहजता र सरसताका कारणले नै नेपाली साहित्यजगत्मा माथिल्लो स्थानमा उनको पाइलो टेकिएको हो।
पति र एक छोरा अपूर्ण तथा एक छोरी अपराजिताका माझमा आफ्नो प्राध्यापकीय जीवन र साहित्यिक परिवेश गाँस्तै आएकी वानीरा नेपाली भाषा-साहित्यकी समकालीन पुस्ताकी सशक्त प्रतिनिधि स्रष्टा हुन्।
वानीराका जीवनमा जति उतारचढाव आए उनी त्यति नै सबल, सक्षम र सक्रिय रूपमा जीवनका वास्तविकतासँग लुकामारी खेल्दै हिँडिन्। त्यही परिवेशमा नहल्ली हिँडिरहँदा उनले जीवन्त कविता लेख्तै आफ्नो काव्यात्मक व्यक्तित्व जनसमक्ष प्रस्तुत गर्दै अघि बढिन्।
कानमायाको मानव अधिकार
तिनै चोला र पेटिकोटहरूबाट उदाउ छ
तिनै भोटा, पेटेभोटा र कानेटोपीहरूमा झुल्कन्छ
मान्छे र मान्छे नै मात्रको इन्द्रेणीमा रङ्गिन्छ।
(लेखक प्रसाईंको पुस्तक ‘नारीचुली’बाट साभार)