नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा
साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा रेकर्ड कायम भएको छ।
२७६८.८७ बिन्दुबाट शुरू भएको बजार ३२.८१ अंकले बढेर २८२० बिन्दुमा पुगेको हो, जुन हालसम्मकै उच्च हो।
आज २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार कित्ता शेयर खरीदबिक्री हुँदा ११ अर्ब ६९ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आइतबार तीनवटा समूहगत परिसूचक घटेका छन्। घट्नेमा होटल तथा पर्यटन, निर्जीवन बीमा र लघुवित्त समूह छन्। बाँकी समूहको परिसूचक बढेको छ।
सबैभन्दा धेरै विकास बैंक समूहको परिसूचक ७.५४ र फाइनान्सको ६.७६ प्रतिशतले बढेको छ ।
आज कर्णाली विकास बैंक र ग्रिन विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै १४ कम्पनीको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।