कांग्रेस प्रवक्ता शर्माको टिप्पणी- महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिको समयमा घोषणा गरिएको मध्यावधि चुनाव महँगो पर्ने चेतावनी दिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी अस्वीकार गरेपछि मुलुक मध्यावधि निर्वाचनतर्फ लाग्दै छ। दुवै दाबी अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन र आगामी २६ कात्तिक र ३ मंसीरलाई निर्वाचनको मिति तोकेपछि शर्माले त्यस्तो चेतावनी दिएका हुन्।
शर्माले ट्वीटमा लेखेका छन्, 'अहंकारको वृक्षमा विनाशको फल लाग्छ। सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझी राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजी, महाव्याधिका बेला मध्यावधिको रंगीन सपना महँगो पर्नेछ!'