धौलागिरी हिमालबाट संकलित फोहोर पुनर्प्रयोगका लागि हस्तान्तरण
धौलागिरी हिमालबाट संकलन गरिएको फोहोर पुनर्प्रयोगका लागि हस्तान्तरण गरिएको छ।
‘सफा हिमाल अभियान २०२१’ अन्तर्गत संकलन गरेको फोहोर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले अभ्नी भेन्चर्सलाई शुक्रबार हस्तान्तरण गरेका हुन्।
संकलन गरिएको पाँच हजार २० किलो फोहोरमध्ये कुहिने तीन सय किलो ३ जेठमा धौलागिरी गाउँपालिकालाई बुझाइएको थियो।
नकुहिने चार हजार ७०० किलो फोहोर पुनर्प्रयोगका लागि हस्तान्तरण गरिएको हो।
फोहोर संकलनका क्रममा फेला परेको दुई मानव कंकाल अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि ५ जेठमा जिल्ला प्रहरी कार्यालय, म्याग्दीमा बुझाइएको छ।
सफा हिमाल अभियान अन्तर्गत ६ वटा हिमालको सफाइ भइरहेको छ।