कोभिड–१९ विरुद्ध लड्न अस्ट्रेलियाद्वारा ६३ करोड सहयोग घोषणा
अस्ट्रेलियाले नेपाललाई कोभिड–१९ विरुद्ध लड्न थप ७० लाख अस्ट्रेलियन डलर (करीब ६३ करोड ५० लाख) सहयोग दिने घोषणा गरेको छ।
यो सहयोग दक्षिण एसियाको सबलीकरण गर्न बाङ्लादेश, श्रीलंका र नेपाललाई अस्ट्रेलियाले प्रदान गर्ने १ करोड ७५ लाख अस्ट्रेलियन डलरमध्येको हो।
उक्त सहयोग प्रादेशिक अस्पतालहरूमा स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री खरीदमा उपयोग गरिनेछ।
सहयोग रकम समुदायस्तरमा सक्रिय अमेरिकी, जापानी, बेलायती दातृ निकाय र संयुक्त राष्ट्रसंघीय निकायले गरिरहेको कामसँग समन्वय गरेर दिइने अस्ट्रेलियाले जनाएको छ।
सहयोग घोषणा गर्दै नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसोटी वोल्कले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध लामो भएको र विपद्मा एकअर्कोलाई सहयोग गर्ने इतिहास रहेको बताइन्।
नेपालमा कोरोनाले पारेको प्रभावले आफूलाई चिन्तित बनाएको पनि उनको भनाइ छ।