महामारीसँग जुध्न अहिलेसम्म कति आयो अन्तर्राष्ट्रिय सहयोग ?
कोरोना संक्रमण महामारीको दोस्रो लहरबाट गम्भीर रूपमा प्रभावित नेपाललाई अन्तर्राष्ट्रिय समुदायले सहयोग शुरू गरेको छ, तर त्यो पर्याप्त छैन।
कोरोनाभाइरसको दोस्रो लहरका कारण गम्भीर रूपमा प्रभावित भएको नेपाललाई महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग घोषणा क्रमशः बढिरहेको छ। छिमेकी देश चीनसहित यूरोप, अमेरिका तथा अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई आपत्कालीन स्वास्थ्य सामग्रीको सहयोग पठाउन शुरू गरेका छन्। आपत्कालीन सहायता सामग्रीमा मुख्य रूपमा अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, मास्क तथा स्वास्थ्य सुरक्षाका अन्य सामग्री छन्।
नेपालमा महामारी फैलिँदै गएपछि प्रमुख अन्तर्राष्ट्रिय दातृ निकायहरूले पनि अत्यावश्यक स्वास्थ्य सामग्रीको सहायता उपलब्ध गराउने वाचा गरिरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले दुई साताअघि बेलायतबाट प्रकाशित हुने द गार्डियन पत्रिकामा लेख प्रकाशन गर्दै कोरोनाभाइरस महामारीसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको बताएका थिए।
चीन
बिहीबार चीनको तिब्बत सरकारले नेपाललाई १५० तरल अक्सिजन सिलिन्डर, २०० आईसीयू बेड, ५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर, ८०० अक्सिजन ग्यास सिलिन्डर, १५ हजार एन्टिजेन परीक्षण किट्सको सहयोग घोषणा गरेको छ। एकाध दिनमा यी सामग्री नेपाल आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
यसअघि चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा सहयोग गरेको थियो। चीनले ३ हजार ५०० अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर पनि सहयोग घोषणा गरेको थियो। यो सहयोगमध्ये २ हजार थान अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल वायुसेवा निगमको जहाज मार्फत नेपाल ल्याइसकिएको छ भने बाँकी अक्सिजन सिलिन्डर पनि केही दिनभित्रै रसुवागढी नाकामा आइपुग्दै छन्। चीनले ५ मिलियन आरएमबी (करीब रू.८ करोड ५० लाख) बराबरको ४० वटा पोर्टेबल भेन्टिलेटर, २० वटा अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउन्ड मेसिन तथा ३० थान एनेस्थेसिया मेसिन आगामी सातासम्ममा तातोपानी बोर्डरमा नेपाललाई हस्तान्तरण गर्दै छ।
चीन सरकारले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा सहयोग गरेको थियो। चीनले ३ हजार ५०० अक्सिजन सिलिन्डर, १० थान भेन्टिलेटर पनि सहयोग घोषणा गरेको थियो। यो सहयोगमध्ये २ हजार थान अक्सिजन सिलिन्डर र भेन्टिलेटर नेपाल वायुसेवा निगमको जहाज मार्फत नेपाल ल्याइसकिएको छ भने बाँकी अक्सिजन सिलिन्डर पनि केही दिनभित्रै रसुवागढी नाकामा आइपुग्दै छन्।
यसबाहेक, चीनले यसअघि नै सहयोग घोषणा गरेको ५ लाख आरएमबी (करीब रू.८ करोड ५० लाख) अन्तर्गत ६५० अक्सिजन कन्सन्ट्रेटर, २० हजार थान अक्सिजन नसल क्यानुला तथा २० हजार अक्सिजन फेस मास्क आगामी महीनाभित्र नेपाललाई उपलब्ध गराइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
चीनको सिचुआन प्रान्त सरकारले पनि नेपाललाई ३.०६ मिलियन आरएमबी (रू.५ करोड २० लाख बराबरको) आपत्कालीन सहयोग गरेको छ। जस अन्तर्गत ५ जेठमा हवाई उडान मार्फत तीन लाख थान सर्जिकल मास्क, एक लाख ६२ हजार ८८० एन–९५ मास्क, १० हजार मेडिकल सुरक्षात्मक गाउन, पाँच सय इयर थर्मोमिटर, ५० थान नन्–कन्ट्याक्ट इन्फारेड थर्मोमिटर नेपाल ल्याइएको छ।
चीनको रेडक्रस सोसाइटीले पनि नेपाललाई ९० थान अक्सिजन कन्सन्ट्रेटर, २ हजार थान कभरअल तथा ७ लाख थान सर्जिकल मास्क आज हस्तान्तरण गर्दै छ। यसबाहेक चीनका निजी संघसंस्थाले पनि नेपाललाई विभिन्न आपत्कालीन सहयोग उपलब्ध गराएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
यूरोपेली संघ
नेपालमा फैलिएको कोरोनाभाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि यूरोपेली संघले २ मिलियन यूरो (करीब रू.२८ करोड २० लाख) सहयोग घोषणा गरेको छ। नेपाल सरकारले महामारीसँग जुध्न सहयोगको अपेक्षा गरेकोमा पहिलो चरणमा यो सहयोग उपलब्ध गराइने यूरोपेली संघले ३० वैशाखमा विज्ञप्ति मार्फत जनाएको थियो। सहयोग रकम होम आइसोलेसनमा बसिरहेका बिरामीलाई दूर स्वास्थ्य सेवा दिन, अस्पतालहरूलाई परामर्श सेवा दिन तथा आपत्कालीन मेडिकल टीम परिचालन र स्वास्थ्य सामग्रीको खरीद गर्न प्रयोग हुनेछ।
आपत्कालीन स्वास्थ्य सामग्री अन्तर्गत अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, होम केयर किट्स, परीक्षणका सामग्री आदि पर्नेछन्। यूरोपेली संघ अन्तर्गतको फिनल्यान्डले नेपाललाई २० लाख सर्जिकल मास्क, तीन लाख ५० हजार एफएफपी टु मास्क, ५२ हजार पाँच सय थान पन्जा तथा ३० हजार आइसोलेसन गाउन सहयोगको पनि घोषणा गरेको छ।
त्यसैगरी, यूरोपेली युनियनको सिभिल प्रोटेक्सन संयन्त्र अन्तर्गत स्पेनले बिहीबार नेपाललाई ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सन्ट्रेटर, ७७ थान भेन्टिलेटर, १४ थान रेस्पिरेटर, १ लाख ६४ हजार एन्टिजेन टेस्ट किट, २४ लाख थान मास्क, ४२ हजार ५०० जोर पन्जा तथा ३० हजार थान आइसोलेसन गाउन सहयोग गर्याे । यो करीब रू. १४ करोड बराबरको सहयोग भएको जनाइएको छ। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा सो सहायता सामग्री लिएर बिहीबार काठमाडौं आएकी थिइन्। चार्टर्ड जहाजमा ओसारिएका ती सामग्रीलाई स्पेनको अन्तर्राष्ट्रिय विकास सहायता नियोगका निर्देशक म्याग्डी मार्टिनेज सोलेमनले नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।
यूरोपेली युनियनको सिभिल प्रोटेक्सन संयन्त्र अन्तर्गत स्पेनले बिहीबार नेपाललाई ५० थान अक्सिजन सिलिन्डर, २० थान अक्सिजन कन्सन्ट्रेटर, ७७ थान भेन्टिलेटर, १४ थान रेस्पिरेटर, १ लाख ६४ हजार एन्टिजेन टेस्ट किट, २४ लाख थान मास्क, ४२ हजार ५०० जोर पन्जा तथा ३० हजार थान आइसोलेसन गाउन सहयोग गर्याे । यो करीब रू. १४ करोड बराबरको सहयोग भएको जनाइएको छ।
संघअन्तर्गतको जर्मनीले नेपाललाई ६२ थान भेन्टिलेटर, ३० हजार सर्जिकल मास्क, २७ हजार ५०० एफएफपीटु मास्क, २०० बडी ब्याग, ५ आइसोलेसन सेन्टर टेन्ट र चार सय बुट दिएको छ। त्यसैगरी, फ्रान्सले १४ भेन्टिलेटर २० हजार एन्टिजेन टेस्ट किट तथा ५ लाख एन ९५ मास्क दिएको छ। बेल्जियमले पनि १० लाख सर्जिकल मास्क, २ हजार नासल अक्सिजन क्यानुला सहयोग गरेको छ।
अस्ट्रेलियाले पनि शुक्रबार विज्ञप्तिमार्फत नेपाललाई महामारीसँग जुध्न ७० लाख अस्ट्रेलियन डलर (करीब रू. ६३ करोड ५० लाख) बराबरको सहयोग घोषणा गरेको छ।
अमेरिका
अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (यूएसएड)ले पनि बिहीबार नेपाललाई कोभिड–१९ को महामारीसँग जुध्न आपत्कालीन सहयोगको घोषणा गरेको छ। स्वास्थ्यकर्मीहरूका लागि अत्यावश्यक सर्जिकल मास्क, फेस शिल्ड तथा पन्जा बोकेको पहिलो विमान नेपालतर्फ पठाइसकेको र बाँकी सहयोग सामग्री क्रमशः आगामी दिनमा पठाइने संस्थाले जनाएको छ।
पछिल्लो तीन सातामा यूएसएडले नेपाललाई कोरोनाभाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग गरिसकेको छ। महामारीसँग जुध्न यूएसएडले बितेका १५ महीनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ। गत नोभेम्बरमा संस्थाले नेपाललाई १०० वटा भेन्टिलेटर उपलब्ध गराएको थियो।
पछिल्लो तीन सातामा अमेरिकी सहयोग नियोग यूएसएडले नेपाललाई कोरोनाभाइरसको परीक्षण, रोकथाम तथा उपचारका लागि १५ मिलियन डलर (करीब रू.१ अर्ब ७५ करोड) बराबरको सहयोग गरिसकेको छ। महामारीसँग जुध्न यूएसएडले बितेका १५ महीनामा ५० मिलियन डलर (करीब रू.५ अर्ब ८५ करोड) बराबरको सहयोग गरेको छ।
यसअघि ३० वैशाखमा अमेरिकी इन्डो–प्यासिफिक कमान्डले नेपालमा अत्यावश्यक अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर (करीब रू.३२ करोड) बराबरको सहयोग घोषणा गरेको थियो। सन् २०२० को अप्रिलयता अमेरिकी इन्डो–प्यासिफिक कमान्डले अन्तर्राष्ट्रिय मानवीय विपत्ति सहायता तथा नेपालका लागि नागरिक सहयोग अन्तर्गत कोभिड–१९ को उपचार तथा व्यवस्थापनमा झन्डै रू.६ अर्ब ७५ करोड बराबरको सहयोग गरिसकेको जनाएको छ।
अमेरिकाले आफूसँग भएका ८ करोड डोज खोप गरीब मुलुकहरूलाई अनुदान दिने घोषणापछि नेपालले विभिन्न तवरमा खोप अनुदान पाउन पहल गरिरहेको छ। सम्भवतः आगामी सातासम्ममा नेपालले खोप पाउने विषयमा निधो हुने सम्भावना छ।
भारत
भारतले नेपाललाई कोभिड–१९ विरुद्धको खोप कोभिशिल्ड खोपको १० लाख डोज अनुदानमा उपलब्ध गराइसकेको छ। भारतले नेपाली सेनालाई पनि थप एक लाख डोज खोप अनुदानमा र अन्य विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराएको थियो। भारतको सेरम इन्स्टिच्यूटसँग नेपालले २० लाख खोप खरीदका लागि सम्झौता गरेकोमा १० लाख खोप नेपाल भित्रिएको छ भने १० लाख डोज खोप ल्याउन बाँकी छ।
आफैं महामारीको चपेटामा लपेटिएको भारतले केही दिनभित्रै नेपाललाई लिक्विड अक्सिजनको ट्यांकर दिने घोषणा गरेको छ। ३ जेठमा भारतीय राजदूत विनयमोहन क्वात्राले ८/१० दिनभित्र नेपाललाई लिक्विड अक्सिजन दिने बताएका थिए। यसअघि महामारी फैलिएसँगै भारतले अक्सिजन निर्यातमा रोक लगाउँदै आएको छ।
बाङ्लादेश
दक्षिण एसियाली मुलुक बाङ्लादेशले नेपाललाई गत सेप्टेम्बरमा कोभिड–१९ संक्रमित बिरामीलाई प्रयोग हुने ५ हजार थान रेम्डेसिभिर औषधि सहयोग गरेको थियो। बाङ्लादेशबाट विभिन्न निजी कम्पनीहरूले पनि यो औषधि भित्र्याएर बिक्री गरिरहेका छन्।
अन्तर्राष्ट्रिय संघसंस्था
विभिन्न देशका सरकार, विश्व स्वास्थ्य संगठन तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहयोगमा विश्वकै ठूलो खोप खरीद एवं आपूर्ति अभियान कोभ्याक्स सुविधा मार्फत नेपालले ३ लाख ४८ हजार डोज खोप पाएको छ। कोभ्याक्सले नेपाललाई १ करोड डोज खोप उपलब्ध गराउने वाचा गरिसकेको छ। गत साता विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोसएड्हानोम गेहब्रेयससले नेपाललाई महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक परेको र संगठनले सबै तरिकाबाट सम्भव भएसम्म सहयोग जारी राख्ने बताएका थिए।
संयुक्त राष्ट्रसंघीय नेपालस्थित कार्यालयको पहलकदमीमा नेपाल कोभिड–१९ रेस्पोन्स प्लान शुरू भएको छ, जसअन्तर्गत ८ करोड ३७ लाख अमेरिकी डलर (करीब रू. ९ अर्ब ७९ करोड) सहयोग परिचालनको आवश्यकता देखाइएको छ।
केही दिनअघि नेपालस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधि सारा बेसोलो न्यान्तीले पनि नेपाललाई महामारीसँग जुध्न अन्तर्राष्ट्रिय सहायताको खाँचो परेकाले सहयोगका लागि अपील गरेकी थिइन्। संयुक्त राष्ट्रसंघीय नेपालस्थित कार्यालयको पहलकदमीमा नेपाल कोभिड–१९ रेस्पोन्स प्लान शुरू भएको छ, जसअन्तर्गत ८ करोड ३७ लाख अमेरिकी डलर (करीब रू. ९ अर्ब ७९ करोड) सहयोग परिचालनको आवश्यकता देखाइएको छ । त्यसैगरी, न्यूजिल्यान्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्कले पनि नेपाललाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेकी थिइन्। गत साता अमेरिकी सिनेटको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सिनेटरहरूले नेपालमा फैलिएको महामारीबारे छलफल गर्दै नेपाललाई स्वास्थ्य सामग्रीको सहयोग आवश्यक रहेको बताएका थिए।
नेपालमा फैलिएको महामारीका विषयमा अन्तर्राष्ट्रिय समुदायलाई ध्यानाकर्षण पनि भइरहेको छ। नेपालका विभिन्न संस्था तथा नागरिकहरूले बेलायत, चीनसहितका देशहरूलाई नेपालको गम्भीर स्थिति दर्शाउँदै सहयोगका लागि अपील गरिरहेका छन्। विदेशमा रहेका नेपालीले पनि नेपालमा आपत्कालीन सहयोग जुटाइरहेका छन्। केही दिनअघि मध्यपूर्वको देश ओमानबाट त्यहाँ रहेका नेपाली कामदार तथा नेपाली दूतावासको पहलमा ६ सय थान अक्सिजन सिलिन्डर नेपाल पठाइएका थिए।
अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारले पनि कूटनीतिक माध्यम तथा विभिन्न देशमा रहेका नेपाली दूतावास मार्फत पहल गरिरहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेपालस्थित संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि, विश्व ब्यांकका नेपालस्थित आवासीय प्रतिनिधि, बेलायती राजदूत आदिलाई भेटेका छन्।