सकियो रातो मत्स्येन्द्रनाथको जात्रा
यो वर्षको रातो मत्स्येन्द्रनाथको जात्रा सकिएको छ।
कोरोना महामारीका कारण भोटो नदेखाई बुधबार जात्रा समापन गरिएको हो।
जात्राको विधि छोटो बनाएर आज मत्स्येन्द्रनाथलाई पुल्चोकबाट बुङमती लगिएको छ।
जात्राको समापन गर्नुअघि पुल्चोकमा स्थापना गरिएको रथमा क्षमापूजा गरिएको थियो।