कोभिडले खोसेको पुरातत्त्व क्षेत्रका पूँजी
नेपाली संस्कृति, इतिहास र पुरातत्त्व क्षेत्रको अनुसन्धान र लेखनमा आफूलाई समर्पण गरेका पुरातत्त्वविद् डा. साफल्य अमात्यको अवसान यी क्षेत्रका लागि ठूलो क्षति हो।
हामीकहाँ पुरातात्त्विक क्षेत्रका विषयबारे लेखिने सामग्रीमा सबैको पहुँच हुँदैन। किनकि, थोरै मात्र छापिने त्यस्ता सामग्री प्रायः अनुसन्धानमूलक जर्नल लगायतमा आउँछन्। तर, पुरातत्त्वविद् डा. साफल्य अमात्यको लेखन भने सम्बन्धित विषयमा चासो राख्नेसहित सबैलाई सुलभ हुने गरी दैनिक पत्रपत्रिकामा छापिँदै आएका थिए।
तर, त्यो ज्ञान र खुराक पाउने बाटो अब सधैंका लागि बन्द भएको छ। वरिष्ठ पुरातत्त्वविद् तथा पुरातत्त्व विभागका पूर्वमहानिर्देशक डा. अमात्यको कोभिड–१९ को संक्रमणबाट गत ३० वैशाखमा वीर अस्पतालमा उपचारको क्रममा निधन भयो। मधुमेह र उच्च रक्तचापबाट पीडित अमात्यको मरणमा विश्वव्यापी महामारी बहाना बनिदियो।
काठमाडौंको ओमबहालमा २९ पुस २००० मा जन्मेका अमात्य शुरूआती समयमा साहित्यमा चाख राख्थे। २०१७ सालमा ‘शारदा’ पत्रिकामा कविता छपाएर साहित्य संसारमा झुल्किएका उनले २०२७ सालमा ‘आँसु र मुस्कान’ कविताकृति नै प्रकाशन गरेका थिए।
आफ्ना लेखहरूलाई डा. अमात्यले निबन्ध भन्न रुचाएको पाइन्छ। उनको साहित्यिक पृष्ठभूमि भएको विशेषता के हो भने, पुरातत्त्व र सम्पदाको क्षेत्रमा लेख्ने अन्य लेखकका भन्दा उनको भाषाशैली फरक छ।
उनको औपचारिक शिक्षा भने इतिहासतर्फ मोडियो। इतिहास विषयमा स्नातकोत्तर गरेपछि भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट एमफिल र अभिलेख विज्ञानमा विद्यावारिधि गरे।
पुरातत्त्व विभागमा अमात्यको नियुक्तिसँगै उनको साहित्य सिर्जनामा कमी आएको देखिन्छ। तर, केही न केही लेखिरहने साहित्य सर्जकको गुणलाई उनले इतिहास, संस्कृति, पुरातत्त्व क्षेत्रमा खर्चिन थाले। फलस्वरूप आफ्नो विषयक्षेत्रका लेखहरू पत्रपत्रिकामा छपाउन थाले।
आफ्ना लेखहरूलाई डा. अमात्यले निबन्ध भन्न रुचाएको पाइन्छ। उनको साहित्यिक पृष्ठभूमि भएको विशेषता के हो भने, पुरातत्त्व र सम्पदाको क्षेत्रमा लेख्ने अन्य लेखकका भन्दा उनको भाषाशैली फरक छ।
इतिहास, संस्कृति र पुरातत्त्व विषयमा उनका विभिन्न पुस्तक प्रकाशित छन्। ‘नेपालका ऐतिहासिक महापुरुषहरू' (२०२९ साल) पछि ‘नेपालमा पुरातत्त्व’ (२०३६) प्रकाशन भयो। यसमा समाविष्ट दुई दर्जन लेखहरूमध्ये ‘पुरातत्त्वसँग चिनापर्ची’, ‘नेपालमा पुुरातत्त्व’, ‘पुरातत्त्वः एक परिचय’, ‘नेपालमा पुरातत्त्वको विकासमा अन्तर्राष्ट्रिय सहयोगहरू’, ‘नेपालमा केही महत्त्वपूर्ण पुरातात्त्विक उत्खननहरू’ शीर्षकका लेख पुरातत्त्व विषयका विद्यार्थीका लागि महत्त्वपूूर्ण छन्। पुस्तकमा संगृहीत अन्य लेख कला, संस्कृति तथा इतिहाससँग सम्बन्धित छन्।
‘संस्कृति र संरक्षण’ (२०४५) र ‘टुँडिखेल वरपर विद्यमान स्मारक एवं देवस्थलहरू’ (२०५३) पनि महत्त्वपूूर्ण पुस्तक हुन्। २०५३ सालमा प्रकाशित ‘काठमाडौं नगरायण’ पुस्तकले काठमाडौं उपत्यकाको उद्भवबारे पौराणिक तथा धार्मिक कथाहरूदेखि २००७ सालसम्मका इतिहासका विभिन्न पाटो उधिनेको छ। पुस्तकले उठाएको विषय उल्लेख्य हुँदाहुँदै वस्तुनिष्ठ समीक्षा गर्दा यसले विषयको गहनतालाई समेट्न नसकेको भन्नुपर्ने हुन्छ।
संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) काठमाडौंको सहयोगमा प्रकाशित ‘विश्व सम्पदाः काठमाडौं उपत्यका’ (२०५८) पुस्तकमा विश्व सम्पदा सूूचीमा रहेका काठमाडौं उपत्यकाका सात वटा सम्पदा क्षेत्र हनुुमानढोका दरबार, पाटन दरबार, भक्तपुर दरबार क्षेत्र, स्वयम्भू, खास्ति (बौद्धनाथ स्तूप), पशुपतिनाथ र चाँगुनारायण क्षेत्रको परिचय मात्रै छैन। विश्व सम्पदाको ऐतिहासिक पृष्ठभूमि, यस सम्बन्धी जारी भएको बडापत्र, विश्व सम्पदामा हुनुपर्ने गुण तथा लक्षणहरू, यसको सूचीमा कसरी सहभागी बन्ने, खतराको सूचीमा किन र कसरी राखिन्छ भन्ने जस्ता विषयमा पनि बेग्लाबेग्लै लेख मार्फत महत्त्वपूूर्ण जानकारी दिइएको छ।
केही दशकअघि आकाश भैरव मन्दिरको जीर्णोद्धारका बेला यसबारे अध्ययन तथा लेखनको जिम्मा डा. अमात्यले नै पाएका थिए। यसै क्रममा प्रकाशित पुस्तिका ‘आकाश भैरवनाथ’ (२०५८) ले केही तथ्य प्रकाश गर्ने जमर्को गरेको छ, यद्यपि भित्री पाटोसम्म पुग्न सकेको छैन। त्यसबारे थप अध्ययन गर्न सकेको भए काठमाडौंको प्राचीनताबारे धेरै कुरा खुल्ने थिए।
काठमाडौंको प्राचीन सभ्यतालाई केलाउने जीवित कडीहरूमा इन्द्रचोकस्थित आकाश भैरव मन्दिर क्षेत्र पनि एक हो। तर, यसका बारेमा खासै अध्ययन भएको पाइँदैन। केही दशकअघि यस मन्दिरको जीर्णोद्धारका बेला यसबारे अध्ययन तथा लेखनको जिम्मा डा. अमात्यले नै पाएका थिए। यसै क्रममा प्रकाशित पुस्तिका ‘आकाश भैरवनाथ’ (२०५८) ले केही तथ्य प्रकाश गर्ने जमर्को गरेको छ, यद्यपि भित्री पाटोसम्म पुग्न सकेको छैन। त्यसबारे थप अध्ययन गर्न सकेको भए काठमाडौंको प्राचीनताबारे धेरै कुरा खुल्ने थिए।
आकाश भैरव मन्दिर वा क्षेत्रले स्थानीय ज्यापू समुदायसँग अन्योन्याश्रित सम्बन्ध राख्छ। यही समुदायका विभिन्न पाटा केलाउने हो भने आकाश भैरवका सम्बन्धमा अहिलेसम्म नखुलेका धेरै कुरा सतहमा आउन सक्छन्। तर, ज्यापूू समुदाय आजभोलि यहाँबाट बिस्तारै विस्थापित हुने क्रममा छ। जसले अध्ययनमा प्रभावित पार्ने निश्चित छ।
डा. अमात्यका अन्य पुस्तकमा ‘राजसत्ता र नेपाली संस्कृति’ (२०५४), पानी र संस्कृति (२०६०), नेपाल मण्डल काठमाडौं उपत्यकाका धार्मिक नाचहरू (२०६२), पुरातत्त्व इतिहास र संस्कृति (२०६८) ‘बागमती सभ्यता: उद्भव र विकास (२०७५) तथा अंग्रेजी भाषाका ‘सम अस्पेक्ट अफ कल्चरल पोलिसी इन नेपाल (सन् १९८३), बागमती अ मनोमेट गाइड: हेरिटेज नेपाल (सन् १९९२), राणा रूल इन नेपाल: द लास्ट फेज (सन् २०००), मनोमेन्ट कन्जरभेसन इन नेपाल (सन् २००९), आर्कियोलोजिकल कल्चरल हेरिटेज अफ काठमान्डू भ्याली (सन् २०११) छन्।
नीति निर्माणको तहमा संलग्न भएको अनुभव तथा विषयमाथि पकड पनि भएकाले डा. अमात्यले बेलाबखत विकास निर्माण र योजनामाथि खरो टिप्पणी पनि गर्थे। जस्तै, उनले २०७२ सालको भूकम्पले भत्केको धरहराको नवनिर्माण नभई पुनर्निर्माणमा जोड दिएका थिए।
२०५७ सालमा उनको संस्मरणात्मक निबन्धहरूको संग्रह ‘सम्झनाका झिल्काहरू’ प्रकाशन भयो। यसमा उनका निजात्मक कुरा मात्र छैनन्, तत्कालीन समाज र परिवेशका विविध पक्ष पनि खोतलिएका छन्। पत्रपत्रिकामा प्रकाशन भएका उनका लेखहरूमा आधिकारिकतामा ढुक्क हुन सकिन्थ्यो।
नीति निर्माणको तहमा संलग्न भएको अनुभव तथा विषयमाथि पकड पनि भएकाले डा. अमात्यले बेलाबखत विकास निर्माण र योजनामाथि खरो टिप्पणी पनि गर्थे। जस्तै, उनले २०७२ सालको भूकम्पले भत्केको धरहराको नवनिर्माण नभई पुनर्निर्माणमा जोड दिएका थिए।ऐतिहासिक सम्पदाको पुनर्निर्माण नगरी ठुटे धरहरा त्यत्तिकै छाडेर त्यसकै छेउमा पहिलेको भन्दा विशाल संरचनाको निर्माण गरिएकोमा उनको असन्तुष्टि थियो। यो कार्यलाई उनले ‘वाहियात र बहुलठ्ठीपन’ नै भनेका छन्।
धरहराको पुनर्निर्माण नभई नवनिर्माण हुन लागेको र यसबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चासो नै नदिएकोबारे यो पंक्तिकारले पनि विगतमा लेखेको थियो। यो नवनिर्माणमा पुरातत्त्व विभागले स्वीकृति नदिनुपर्ने पनि मैले लेखेको थिएँ। अरूले यसलाई पुनर्निर्माण भनिरहेको अवस्थामा डा. अमात्य र यो पंक्तिकारको दृष्टिकोणमा समानता थियो। तर, यस सम्बन्धमा हामीबीच कुनै विमर्श र संवाद भएको थिएन।
पुरातत्त्वविद् अमात्यले सरकारी सेवामा प्रवेश गरी पुुरातत्त्व विभागका विभिन्न पदमा कार्य गर्दै महानिर्देशक भई तीन वर्ष काम गरे। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिव पनि भए। सरकारी सेवामा ३५ वर्ष बिताएर २१ पुस २०५७ मा उनी सेवानिवृत्त भएका थिए।
त्रिभुवन विश्वविद्यालयको विद्यावारिधिका सम्बन्धमा डा. अमात्यको एउटा लेख केही वर्षअघि एउटा दैनिक पत्रिकामा छापिएको थियो। विद्यावारिधि प्रदान गर्नुअघि शोधार्थीको शोधपत्र (थेसिस) बाह्य परीक्षककहाँ मूल्याङ्कनका लागि पठाउने परम्परा छ। यो चरण साधारणतः गोप्य हुन्छ। विद्यावारिधिका लागि आफूले अयोग्य भनी टिप्पणीसहित पठाएका शोधपत्रहरू पनि बिनारोकटोक स्वीकृत हुने गरेकोमा उनले लेखमा असन्तुष्टि पोखेका थिए।
यस्तो गुनासो डा. अमात्यले आफूसँग पनि बरोबर गर्ने गरेको त्रिवि नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागकी पूर्वप्रमुख प्रा.डा. वीणा पौड्याल बताउँछिन्। उनले सुनाइन्, “अन्तर्वार्तामा विषयविज्ञका रूपमा उहाँ (डा. अमात्य) लाई पनि पटकपटक आमन्त्रण गर्नुपर्थ्यो। कमजोर थेसिसलाई अनुुत्तीर्ण गर्ने प्रावधान नभएको हुँदा चित्त नबुुझे पनि उत्तीर्ण गरेर पठाउनुपरेको भनी असन्तुष्टि पोखिराख्नुहुन्थ्यो।”
पुरातत्त्वविद् अमात्यले सरकारी सेवामा प्रवेश गरी पुुरातत्त्व विभागका विभिन्न पदमा कार्य गर्दै महानिर्देशक भई तीन वर्ष काम गरे। त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिव पनि भए। सरकारी सेवामा ३५ वर्ष बिताएर २१ पुस २०५७ मा उनी सेवानिवृत्त भएका थिए। सहकर्मीहरूका अनुसार, उनी प्रशासनमा पनि कुुशल थिए। तर, उनको ख्याति प्रशासनभन्दा बढी इतिहास र संस्कृति सम्बन्धी विद्वत्तामा नै रह्यो।
पुुरातत्त्व विभागमा कार्यरत अमृता महर्जनका अनुसार, डा. अमात्य विभागमा छँदा नेपाली इतिहास, संस्कृति तथा पुुरातत्त्व विषयमा नयाँ पिँढी आकर्षित हुनुुपर्ने कुरामा जोड दिन्थे।
‘बागमती सभ्यताः उद्भव र विकास’ पुस्तकको नेपाल भाषाका अनुुवादक महर्जन भन्छिन्, “उहाँसँग थोरै मात्र संगत गर्न पाए पनि प्रोत्साहन पर्याप्त पाएँ। उहाँ आत्मकथा लेखनको तयारीमा हुनुहुन्थ्यो र उक्त पुस्तक ज्याजंक्व (भीमरथारोहण)मा निकाल्न चाहनुहुन्थ्यो। उहाँले यो काममा सहयोग गर्न भन्नुभएको थियो, तर कोरोना संक्रमण फैलिएपछि जान सकिएन।” आत्मकथा लेखेर सकियो वा अधुरै रह्यो भन्नेबारे थाहा नभएको उनले बताइन्।
इतिहास र पुरातत्त्व क्षेत्रको यी विद्वान्को निधन नेपाली इतिहास, संस्कृति तथा पुुरातत्त्व क्षेत्रका लागि ठूलो क्षति हो।