ब्यांकको सीएसआरको रकम कोभिड–१९ रोकथाम र खोप खरीदमा प्रयोग गरिने
नेपाल राष्ट्र ब्यांकले ब्यांक तथा वित्तीय संस्थाहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)को रकम कोभिड–१९ को रोकथाम तथा खोप खरीदमा खर्च गर्ने व्यवस्था मिलाउने भएको छ।
चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र ब्यांकले सीएसआर अन्तर्गत छुट्याइएको रकम अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर, खाेप, औषधि आदि कार्यमा खर्च गर्नसक्ने व्यवस्था मिलाइने जनाएको हो।
त्यसैगरी, राष्ट्रिय महत्त्वका आविष्कार केन्द्र तथा मानव सेवा जस्ता परोपकारी कार्यमा गरेको खर्च समेत उक्त कोषबाट हुने खर्चमा गणना गर्न सकिने व्यवस्था मिलाइने समीक्षा प्रतिवेदनमा उल्लेख छ।
केन्द्रीय ब्यांकले ब्यांक तथा वित्तीय संस्थाहरूले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छुट्याएको कोषको रकम जीवनरक्षा, सार्वजनिक हित तथा परोपकारी कार्यलाई प्राथमिकता दिनेगरी त्यस्तो योगदान देशभर नै उपलब्ध हुने व्यवस्था मिलाइने पनि जनाएको छ।