काठमाडौं विश्वविद्यालयले बी एण्ड सीलाई सम्बन्धन दिने प्रक्रिया अघि बढायो
काठमाडौं विश्वविद्यालयले झापाको प्रस्तावित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रक्रिया अगाडि बढाएको छ।
विश्वविद्यालयको ३१ वैशाखमा बसेको बैठकले बी एण्ड सीलाई सम्बन्धन दिने निर्णय गरेर चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको हो।
विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले २२ देखि २६ वैशाखसम्म बी एण्ड सीको निरीक्षण गरेको र निरीक्षण प्रतिवेदन अनुसार सिट संख्या स्वीकृतिका लागि पनि पत्राचार गरिएको छ।
बी एण्ड सी लामो समयदेखि मेडिकल कलेजका लागि सम्बन्धनको पर्खाइमा बसेको कलेज हो।