सांसदलाई खोपको दोस्रो डोज (तस्वीरहरू)
संघीय संसद्का सदस्य तथा कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोपको दोस्रो डोज लगाइएको छ।
शुक्रबार संघीय संसद् भवनमा उनीहरूलाई कोभिसिल्डको दोस्रो डोज लगाएको हो। उनीहरूले यसअघि १९-२१ फागुनमा पहिलो डोज लगाएका थिए। आजबाट सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा उपाध्यक्ष र सांसदले खोप लगाएका हुन्।
शनिबार संघीय संसद् सचिवालयका कर्मचारी र संघीय संसद् भवनका कर्मचारीलाई खोप लगाइनेछ। त्यसपछि स्वकीय सचिव लगायतका सबै कर्मचारी, मर्यादापालक, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा छुटेका अन्य व्यक्तिलाई आइतबार दोस्रो डोज लगाइनेछ।