सगरमाथा सफाइ गर्दा मानव कंकाल भेटियो
सगरमाथा सफाइका क्रममा दोस्रो क्याम्पमा मानव कंकाल भेटिएको छ।
नेपाली सेनाको नेतृत्वमा चलिरहेको ‘सफा हिमाल अभियान–२०२१’ अभियान अन्तर्गत सगरमाथा सफाइ क्रममा कंकाल भेटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। २८ वैशाखमा दोस्रो क्याम्पमा दायाँ हात र बायाँ पाखुरा भेटिएको हो।
दोस्रो क्याम्पमा भेटिएको मानव कंकाल हेलिकप्टरमा लुक्ला पठाइएको छ। त्यसलाई व्यवस्थापन गर्ने थप प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय, लुक्लालाई बुझाएको सेनाले जनाएको छ।