सगरमाथा आरोहणका क्रममा दुई आरोहीको मृत्यु
सगरमाथा आरोहणका क्रममा बुधबार दुई जना आरोहीको मृत्यु भएको छ।
पर्यटन विभागका अनुसार, सगरमाथा आरोहणका क्रममा दुई जना विदेशी आरोहीको मृत्यु भएको हो।
स्वीट्जरल्यान्डका अब्दुल वारिच र अमेरिकाका पुवे लिउको मृत्यु भएको विभागको पर्वतारोहण शाखाकी निर्देशक मीरा आचार्यले बताइन्।
अब्दुल सगरमाथा आरोहण गरेर फर्कने क्रममा साउथ समिटमा बसेका थिए। बसेको ठाउँमै उनको ज्यान गएको आचार्यले बताइन्।
त्यस्तै, पुवे लिउको सात हजार नौ सय मिटरको उचाइमा हिउँ 'ब्लाइन्डनेस' र थकानबाट मृत्यु भएको हो। उनीहरूको आरोहणको व्यवस्थापन सेभेन समिट ट्रेक्सले गरेको थियो।
बुधबार मात्रै ७० जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। यो याममा मात्रै एक सय ८२ जनाले सगरमाथा आरोहण गरिसकेका छन्। अझै दुई सय जनभन्दा बढी आरोहणको तयारीमा छन्।