काठमाडौं उपत्यकामा एकै दिन थपिए ४ हजार कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा करीब चार हजार कोभिड–१९ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, बुधबार उपत्यकामा ३ हजार ९२४ संक्रमित थपिएका हुन्। जसमध्ये काठमाडौंका ३ हजार २५०, ललितपुरका ४४८ र भक्तपुरका २२६ जना छन्।
देशभरि ९ हजार ३०५ संक्रमित थपिएका छन् भने १६८ जनाको ज्यान गएको छ।