कर्णाली प्रदेश मन्त्रिमण्डल हेरफेर, तीन मन्त्री थपिए
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् हेरफेर गरेका छन्।
शाहीले बुधबार सांसदहरू गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपालीलाई मन्त्री नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता भीमराज थानीले जानकारी दिए।
आर्थिक मामिला योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले दिएको राजीनामा स्वीकृत भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ।