सांसद चौलागाईंको निधनको शोकमा एमालेले झण्डा झुकाउने
नेकपा (एमाले) ले बाग्मती प्रदेश सभा सदस्य पशुपति चौलागाईंको निधनमा पार्टीको झण्डा आधा झुकाउने भएको छ।
२९ वैशाखदेखि तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय र जिल्ला कार्यालयहरूको झण्डा आधा झुकाउने कार्यालय सचिव शेरबहादुर तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मंगलबार कोभिड–१९ उपचारका क्रममा निधन भएका उनको बुधबार अन्त्येष्टि गरिएको छ। २०१६ सालमा दोलखामा जन्मेका चौलागाईं संविधानसभा सदस्य तथा पूर्वसांसद समेत हुन्।