पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुँदै
कोरोनाभाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुन लागेका छन्।
स्वाब परीक्षण गर्दा नेगेटिभ आएको र स्वास्थ्यमा सुधार आएकाले डिस्चार्ज गर्न लागिएको नर्भिक इन्टरनेशनल अस्पतालका कर्पोरेट कम्युनिकेसन एन्ड पीआर प्रमुख सोमनाथ बास्तोलाले बताए। संक्रमण देखिएपछि उनी १८ वैशाखमा नर्भिक अस्पताल भर्ना भएका थिए।
उनलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको थियो। प्लाज्मा थेरापी विधिबाट पनि उपचार गरिएको बास्तोलाले बताए।
चिकित्सकहरू डा. जेपी जैसवाल र डा. बी श्रीवास्तवको नेतृत्वको टोलीले पूर्वप्रधानमन्त्री खनालकाे उपचार गरेको थियो। चिकित्सकहरूको सल्लाह अनुसार नै डिस्चार्ज गर्न लागिएको बास्तोलाले बताए।