यी हुन् निषेधाज्ञा जारी नभएका ६ जिल्ला
कोभिड-१९ महामारीको दोस्रो लहरका कारण निषेधाज्ञा लागेका जिल्लाको संख्या ७१ पुगेको छ। त्यसमध्ये ११ जिल्लामा आंशिक निषेधाज्ञा छ।
गृह मन्त्रालयका अनुसार, मंगलबार बिहानसम्म निषेधाज्ञा जारी नभएका जिल्ला जम्मा ६ वटा छन्। मनाङ, मुस्ताङ, रुकुम पूर्व, खोटाङ, भोजपुर र तेह्रथुममा मात्रै निषेधाज्ञा छैन।
सरकारले पहाडी र हिमाली जिल्लामा दुई सयभन्दा बढी र शहरी तथा काठमाडौंमा पाँच सयभन्दा बढी सक्रिय संक्रमित भएपछि प्रमुख जिल्ला अधिकारी वा स्थानीय प्रशासनले सीसीएमसीसँगको परामर्शमा निषेधाज्ञा लगाउन सक्ने निर्णय गरेको छ।