मोहनविक्रम सिंहलाई कोरोना संक्रमण
नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहलाई कोरोनाभाइरसको संक्रमण भएको छ।
ज्वरो आएपछि स्वाब परीक्षण गर्दा महामन्त्री सिंहलाई कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जनाएका छन्। उनको अवस्था सामान्य रहेको केसीले बताए।
दुई दिनअघि अक्सिजनको मात्र कम भए पनि अहिले सामान्य रहेको जनाएको छ। ८६ वर्षीय महामन्त्री सिंह होम आइसोलेसनमै बसेका छन्।
उनलाई २६ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको हो।