अक्सिजन किन्न उद्योगसम्मै दौडधुप (तस्वीरहरू)
कोरोनाभाइरस संक्रमितका आफन्तजन अक्सिजन लिन उद्योगमै पुग्न थालेका छन्। अस्पताल तथा बजारमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगमै पुग्नुपरेको हो।
केही दिनदेखि काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा अक्सिजन खरीदका लागि लाइन लाग्न थालेको छ। व्यवसायीसँगै सर्वसाधारण पनि अक्सिजन खरीदका लागि उद्योग धाइरहेका छन्।