सांसद र कर्मचारीको स्वाब संकलन (तस्वीरहरू)
कोभिड–१९ को परीक्षणका लागि प्रतिनिधि सभा सदस्यहरूको स्वाब संकलन गरिएकाे छ।
बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष तथा सांसदहरू, महासचिव, सचिव लगायतका कर्मचारी, सभामुख र अध्यक्षका निजी सचिवालयका कर्मचारी लगायतको स्वाब संकलन गरिएकाे हाे।
भाेलि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा कार्यरत कर्मचारी, मर्यादापालक, संसद्मा रिपोर्टिङ गर्ने पत्रकार, ट्राफिक प्रहरी, कुकुरबाट सुरक्षा जाँच गर्ने सुरक्षाकर्मी लगायतको स्वाब संकलन गरिनेछ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि संसद् अधिवेशन बोलाइएको छ। २७ वैशाखमा बस्ने संसद् बैठकअघि कोरोना परीक्षण गर्न लागिएको हो।