कतिले पाए कोरोनाविरुद्धको खोपको दोस्रो डोज?
कोरोनाभाइरस (कोभिड-१९) संक्रमण विस्तार रोक्न काठमाडौंसहितका जिल्लाहरूमा निषेधाज्ञा शुरू भएसँगै सरकारले कोरोनाविरुद्धको खोप अभियान स्थगित गरेको छ।
हालसम्म २० लाख ९१ हजार ५११ जनाले खोपको पहिलो डोज पाएका छन्।
यस्तै, ३ लाख ६२ हजार १ जनाले खोपको दोस्रो डोज लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए।
भारतबाट खरीद र अनुदान गरी २० लाख, कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार र चीनबाट ८ लाख अनुदान गरी ३१ लाख ४८ हजार भाइल खोप देशमा भित्रिएको छ।
पहिलो र दोस्रो डोज लगाइसके पनि जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने सहप्रवक्ता अधिकारी बताउँछन्।