पर्यटनमन्त्री ढकाल दम्पतीलाई कोरोना संक्रमण
पर्यटनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ।ढकालले आफू र श्रीमतीलाई कोरोना संक्रमण भएको ट्वीटमार्फत जानकारी गराएका छन्।
उनले आजको परीक्षणबाट कोरोना संक्रमण देखिएको र दुवै जनाको अवस्था सामान्य रहेको उल्लेख गरेका छन्।
आफूहरू निवासमै आराम गरिरहेको उल्लेख गर्दै उनले सम्पर्कमा आएका व्यक्तिहरूलाई आवश्यक सावधानी र सजगता अपनाउन पनि अनुरोध गरेका छन्।