राजनीतिक चरित्रका ती चार प्रधानमन्त्री
साढे दुई दशकभन्दा लामो मेरो पत्रकारिताको अनुभवका आधारमा के पाउँछु भने, पूर्णरुपमा राजनीतिक चरित्रका प्रधानमन्त्री वा सरकार प्रमुख चार जना र आधा राजनीतिक चरित्र भएका दुई जना थिए।
मैले २०१३ सालदेखि २७ वर्ष सक्रिय पत्रकारिता गरेँ। त्यो अवधिमा १० जना प्रधानमन्त्री वा सरकार प्रमुखसँग सरसंगत भएछ। ती दशमध्ये चार जना मात्र राजनीतिक चरित्र र दृष्टिकोण भएका प्रधानमन्त्री भएको मेरो विश्लेषण छ। अन्य दुई जना आधा राजनीतिक चरित्र भएका पाएँ।
मेरो यो बुझाइमा सबैको सहमति नहुन सक्छ। मेरो ठम्याइ गलत पनि हुनसक्छ। आ–आफ्नो हेराइ र व्याख्या हो।
मेरो मूल्यांकनमा टंकप्रसाद आचार्य, विश्वेश्वरप्रसाद कोइराला, डा. तुलसी गिरी र मरिचमान सिंह श्रेष्ठ राजनीतिक चरित्रका प्रधानमन्त्री थिए। आधा राजनीतिक चरित्रका प्रधानमन्त्रीको सूचीमा राखेको छु, डा. केआई सिंह र सुवर्णशमशेर राणालाई।
प्रधानमन्त्री बन्नुअघि केआई सिंह भन्ने गर्थे, ‘प्रधानमन्त्री भएपछि मोहर माना चामल खुवाउँछु।’ तर, उनको प्रधानमन्त्रीत्वकालमा बजारमा चामल एक रुपियाँ माना भयो। उनले चलाखी गर्दै भने, ‘एक रुपियाँ मोहरको भनेको हुँ। नेपाली भाषामा एक रुपियाँलाई पनि मो.रु. १ भनिन्छ।’
यद्यपि गिरी निर्दलीय पञ्चायती प्रणालीमा प्रधानमन्त्री भए। टंकप्रसाद मनोनीत प्रधानमन्त्री भए भने विश्वेश्वर बहुदलीय प्रतिस्पर्धामा आधारित संसदीय शासन प्रणालीमा जननिर्वाचित प्रधानमन्त्री भए।
केआई सिंह र सुवर्णलाई किन आधा राजनीतिक चरित्रको मान्ने भन्नेबारे थोरै चर्चा गर्छु। केआई सिंह मनोनीत प्रधानमन्त्री हुन्। ११ साउन २०१४ देखि त्यही वर्षको २९ कात्तिकसम्म जम्मा १०८ दिन पदमा रहे। उनले थोरै दिनमा धेरै काम गर्न पाएनन्।
प्रधानमन्त्री बन्नुअघि केआई सिंह भन्ने गर्थे, ‘प्रधानमन्त्री भएपछि मोहर माना चामल खुवाउँछु।’ तर, उनको प्रधानमन्त्रीत्वकालमा बजारमा चामल एक रुपियाँ माना भयो। उनले चलाखी गर्दै भने, ‘एक रुपियाँ मोहरको भनेको हुँ। नेपाली भाषामा एक रुपियाँलाई पनि मो.रु. १ भनिन्छ।’
यसैकारण उनलाई आधा राजनीतिक चरित्रको भनेर परिभाषित गरेको हुँ।
मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद पूर्ण प्रजातान्त्रिक एवं राजनीतिक चरित्रका थिए। संसदीय व्यवस्था भए पनि बेलायतमा जस्तो कार्यकारी अधिकार भने नभएका प्रधानमन्त्री थिए उनी। विश्वेश्वर कार्यकारी अधिकार प्रयोग गर्न लालायित, राजा महेन्द्र भने नदिने। गडबड भयो।
नेपाली कांग्रेस संसदीय दलका तत्कालीन उपनेता सुवर्णशमशेर २ जेठ २०१५ मा मन्त्रिपरिषद्का सदस्य भए, एक नम्बरका। त्यो सरकार गठन हुँदा अर्को व्यवस्था नहुँदासम्म सुवर्णले मन्त्रिपरिषद्का अध्यक्षको काम गर्नेछन् भनिएको थियो। तर, अर्को व्यवस्था गरिएन। भाषण वा बोलीबाट प्रभाव पार्न नसक्ने, तर व्यवहार र आर्थिक सहयोगमा उदार भएका हिसाबले राजनीतिक प्राणी थिए। यसैले उनलाई आधा राजनीतिक चरित्रको मानेको हुँ।
‘कार्यकारी अधिकार बाँडिँदैन’
मुलुकको पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद पूर्ण प्रजातान्त्रिक एवं राजनीतिक चरित्रका थिए। १३ जेठ २०१६ मा अन्तरिम संविधान अनुसारका प्रधानमन्त्री बनेका उनी १६ असार २०१६ मा नयाँ संविधान अनुसार प्रधानमन्त्री भएका हुन्। तर, संसदीय व्यवस्था भए पनि बेलायतमा जस्तो कार्यकारी अधिकार भने नभएका प्रधानमन्त्री थिए उनी।
विश्वेश्वर कार्यकारी अधिकार प्रयोग गर्न लालायित, राजा महेन्द्र भने नदिने। गडबड भयो। अन्ततः महेन्द्रले १ पुस २०१७ मा राजनीतिक ‘कू’ गरे। निर्वाचित सरकार र संसदीय व्यवस्था नै भंग मात्र गरिएन, विश्वेश्वरसहितका नेताहरूलाई लगातार आठ वर्ष थुने।
राजा महेन्द्रले आफ्नै अध्यक्षतामा १३ पुस २०१७ मा ९ सदस्यीय मन्त्रिपरिषद् बनाए। २० चैत २०१९ मा डा. तुलसी गिरीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाए, तर कार्यकारी अधिकार राजाले आफैंसँग राखे।
डा. गिरी राजनीतिक चरित्रका सरकार प्रमुख भए पनि कार्यकारी अधिकार कहिल्यै दाबी गरेनन्। १५ मंसीर २०३२ मा प्रधानमन्त्री हुँदा पनि त्यो अधिकारको माग गरेनन्। बरु उल्टै उनले देशमा बहुदलीय व्यवस्था लागू गर्दा सार्वभौमसत्ता राजामा रहँदैन, कि कार्यकारी अधिकार संसदीय व्यवस्थालाई दिनुपर्यो, त्यो अधिकार राजाले आफैं राख्ने भए निर्दलीय शासन व्यवस्था नै कायम हुनुपर्छ भन्ने राजनीतिक तर्क गरे। यसैले डा. गिरी मेरो विश्लेषणमा राजनीतिक सरकार प्रमुख थिए।
मरिचमान, सूर्यबहादुर र कीर्तिनिधि कस्ता?
मरिचमान बहुदलीय राजनीतिक पद्धतिमा कहिल्यै प्रधानमन्त्री हुन पाएनन्। तर, पूरा प्रजातान्त्रिक चरित्रका प्रधानमन्त्री भए। उनमा कुरो चपाउने स्वभाव थिएन, स्पष्ट थिए।
मरिचमान भन्थे, ‘हामी राजाका ढाल हौं। राजा उपर हुने प्रहार हामीले थाप्नुपर्छ।’ यस्तो स्पष्ट दृष्टिकोण मैले पञ्चायती व्यवस्थामा प्रधानमन्त्री वा सरकार प्रमुख भएका सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, नगेन्द्रप्रसाद रिजाल, लोकेन्द्रबहादुर चन्द कुनै प्रधानमन्त्रीमा पनि पाइनँ।
पाँच पटक प्रधानमन्त्री भएका सूर्यबहादुर प्रजातान्त्रिक जस्ता देखिने, तर राजाका सामु मौका पर्दा आफ्नो दुनो सोझ्याउने गैरराजनीतिक स्वभावका थिए। प्रजातान्त्रिक चरित्रको नभए पनि आफूलाई प्रजातान्त्रिक भन्ने देखाउन खोज्ने र सक्ने उनको खुबी थियो।
नगेन्द्रप्रसाद राजनीतिक चरित्र पटक्कै नभएका व्यक्ति थिए। लोकेन्द्रबहादुर पनि राजनीतिक चरित्रका प्रधानमन्त्री होइनन्। लोकेन्द्रबहादुरले आफू बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाका पक्षपाती हुँ कि राजाको भक्त भनेर स्पष्ट पार्न पनि कहिल्यै सकेनन्।
सूर्यबहादुरले छलकपट गरी २०३६ सालको जनमत संग्रहमा पञ्चायतलाई जिताए। त्यो घटनालाई उनले ‘अब नेपालमा राजनीतिक मुद्दाको अन्त्य भयो’ भने। तर, अर्का राजनीतिक पण्डित डा. गिरीले बल्ल राजनीतिक मुद्दा शुरू भएको बताए।
हिजोसम्म सबै नेपाली पञ्च भनिन्थ्यो। तर, जनमत संग्रहको नतिजाले स्पष्ट भन्यो– २० लाखभन्दा बढी नेपाली पञ्च होइन रहेछन्।
नभन्दै जनमत संग्रहको नौ वर्षमै निर्दलीय पञ्चायत उखेलियो। राजनीतिक मुद्दा छिनिएको भनिएको घटनाको एक दशक पनि लागेन, पञ्चायत उखेलिन। त्यस अर्थमा पञ्चायतका एक हस्ती सूर्यबहादुर विफल भए। अर्का हस्ती डा.गिरी सफल भए।
नगेन्द्रप्रसाद राजनीतिक चरित्र पटक्कै नभएका व्यक्ति थिए। लोकेन्द्रबहादुर पनि राजनीतिक चरित्रका प्रधानमन्त्री होइनन्। लोकेन्द्रबहादुरले आफू बहुदलीय संसदीय प्रजातान्त्रिक व्यवस्थाका पक्षपाती हुँ कि राजाको भक्त भनेर स्पष्ट पार्न पनि कहिल्यै सकेनन्।
टंकप्रसाद आचार्य साँच्चै प्रजातान्त्रिक चरित्रका थिए। नेपालको २०१२/१३ सालको प्रशासनको जग समेत नबसेको युगमा उनले शासन गरे। चीनसँग सुदृढ सम्बन्धको जग बसाल्ने कार्यमा योगदान गरे। नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा टंकप्रसाद इमानदार, राजासँग पनि आफ्ना विमति छ्याङ्ग राख्न सक्ने हकी थिए।
टंकप्रसादले चीनबाट त्यतिबेला ६ करोड भारुको निशर्त सहयोग ल्याउन सकेका मात्र होइनन्, संयुक्त राष्ट्रसंघको बैठकमा नेपाललाई पठाउने ठूलो काम पनि गरेका थिए।
कीर्तिनिधि विष्ट तीन पटक प्रधानमन्त्री भए। नेपालका उत्तरी भेगमा अवस्थित भारतीय सैनिक चेकपोस्ट हटाउने श्रेय उनैलाई जान्छ। तर, कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रबाट भारतीय ब्यारेक हटाउन नसकेको विफलता पनि उनकै हो। कालापानीमा भारतीय सेना छ भनेर मलाई थाहा भएन, थाहा नै दिएनन् भनेर उनले ढाँटे।
मरिचमानको कथा अर्कै खालको छ। आफ्नो गृहजिल्ला सल्यानका प्रमुख जिल्ला अधिकारीसँग प्रश्न गरेछन्, ‘त्यो क्षेत्रमा नेपाली कांग्रेस बलियो छ, हराउन खोज्लान् त्यो रोकिनुपर्छ। कांग्रेस नेता राजेन्द्रबहादुर शाहकी श्रीमती फेल भए दोष मलाई पर्छ, उनको रिजल्ट राम्रो होस्। खलंगा विद्यालय पुनर्निर्माणका सिमेन्ट, डन्डी, रोडा बालुवा मेरै मान्छेले लगे रे। यी सामान आउनुपर्छ। स्कूल बन्नुपर्छ।’
सामान फिर्ता आएछ र विद्यालय ढलान भएछ।