मारुतीद्वारा ५३ ग्रेडको सिमेन्ट उत्पादन
मारुती सिमेन्ट्सले ५३ ग्रेडको सिमेन्ट उत्पादन गरेको छ। यसलाई नेपाल गुणस्तर तथा नापतौल विभागले मान्यता दिएको छ।
सरकारले सिमेन्टमा ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेपछि मारुतीले विभागबाट सबै मापदण्ड पूरा गर्दै ५३ ग्रेडको सिमेन्ट उत्पादन गरेको हो। मारुती ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्ने पहिलो उद्योग बनेको छ।
यसअघि मारुतीले ४३ ग्रेडको ओपीसी सिमेन्ट उत्पादन गरिसकेको छ। मारुतीले उदयपुरको पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट जर्मन प्रविधिमार्फत ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।