महामारीमा अग्रपंक्तिमा कार्यरत व्यक्तिका लागि टाटाको विशेष योजना
कोरोनाभाइरसको महामारीमा अग्रपंक्तिमा कार्यरत व्यक्तिहरूका लागि टाटा मोटर्सको विशेष योजना आएको छ।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले अग्रपंक्तिमा खटिएका व्यक्तिका लागि विशेष योजना ल्याएको हो। यो योजनामा टाटाका गाडी खरीदमा विशेष छूटको व्यवस्था गरिएको छ।
जुनसुकै व्यक्तिले पनि टाटाका गाडी खरीदमा रू.१ लाख ५० हजार छूट पाउन सक्नेछन्। त्यस्तै, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, ब्यांक तथा वित्तीय संस्थाका कर्मचारीलाई थप रू.५० हजार छूटको व्यवस्था गरिएको छ।
त्यस्तै, टाटा गाडीसँग जुनसुकै गाडी साट्दा रू.५० हजारको एक्सचेन्ज बोनस र टाटाको गाडीसँग टाटाको गाडी साट्दा लोयल्टी बोनस स्वरूप रू.३० हजार पाउनेछन्। साथै, गाडीको होम डेलिभरीको सुविधा पनि उपलब्ध छ।
यस योजनामा सहभागी हुन चाहने व्यक्तिका लागि १ मेबाट बुकिङ खुला गरिएको छ। यो योजनामा ३१ मेसम्म सहभागी हुन सकिने सिप्रदीले जनाएको छ।