महामारीले बेफुर्सदी बनाएको पशुपतिको विद्युतीय शवदाह गृह (तस्वीरहरू)
कोरोनाभाइरस संक्रमण उच्च गतिमा फैलिरहँदा पछिल्लो समय मुलुकमा दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढिरहेको छ। संक्रमणबाट लगातार दोस्रो दिन ३० भन्दा बढी संक्रमितको मृत्यु भएको छ।
बिहीबार चार हजार ९२८ जनामा संक्रमण देखिएको थियो भने संक्रमणबाट ३५ जनाको मृत्यु भएको थियो। शुक्रबार पाँच हजार ७२७ जना नयाँ संक्रमित थपिँदा ३३ जनाले संक्रमणबाट ज्यान गुमाए।
कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या बढेसँगै पशुपति क्षेत्रमा रहेको विद्युतीय शवदाह गृहमा जलाउन लगिने शवको संख्या बढेको छ। उक्त शवदाह गृहमा बिहीबार २५ वटा शव जलाइएको छ।
यो संख्या दोस्रो लहरको कोरोना भाइरसको महामारी शुरू भएपछिको सबैभन्दा धेरै हो।
संक्रमणबाट मृत्यु भएकाको शवको अन्त्येष्टि गर्ने व्यवस्थापन नेपाली सेनाले मिलाउने गरेको छ।